बिदा स्वीकृत नगरी कार्यालय नआउने १९ कर्मचारीलाई कारवाही | Khabarhub Khabarhub

बिदा स्वीकृत नगरी कार्यालय नआउने १९ कर्मचारीलाई कारवाही


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा बिदा स्वीकृत नलिइ कार्यालयमा उपस्थित नहुने १९ कर्मचारीलाई गाउँपालिकाले विभागीय कारवाही गर्ने भएको छ ।

गत चैतको पहिलो सातादेखि यही वैशाख ३ गतेसम्म प्रमुख प्रशासकीय अधिकृतले हाजिरी छड्के निरीक्षण गर्दा १९ कर्मचारीलाई कारवाहीमा तानिएको बताइएको छ ।

सो कार्यालयमा कार्यरत अधिकृतस्तर छैटौँ तहदेखि कार्यालय सहयोगीसम्मका १९ कर्मचारीलाई एकैपटक कारवाही गरिने प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताए ।

उनले भने, “लिखित बिदा स्वीकृत नगराइ कार्यालयमा उपस्थित भएको नपाइएकाले निजहरुलाई प्रचलित कानून बमोजिम कारवाही गरिएको हो ।” पहिलो चरणमा स्पष्टीकरण लिने र प्रचलित कानून बमोजिम कारवाही गरिने आङ्देम्बेले जानकारी दिए ।

‍सो कार्यालयमा कार्यरत कर्मचारीले पटकपटक बिदा स्वीकृत नगरेर कार्यालय बाहिर जाने, बाहिर बस्ने प्रविधि बढेकाले पहिलो चरणमा लिखित स्पष्टीकरण माग्ने र उचित स्पष्टीकरण नआएमा कार्यपालिको बैठकले निर्णय गरेर कारवाहीको प्रक्रिया अगाडि बढाइने गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : ४६ बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार