कोरोना सङ्क्रमणले अनिश्चितकालका लागि विद्यालय बन्द « Khabarhub

कोरोना सङ्क्रमणले अनिश्चितकालका लागि विद्यालय बन्द


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – शिक्षकलाई कोरोना भाइरस सङक्रमण भएपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानु सिरुवारीस्थित सिद्धिगणेश मावि आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

विद्यालयका प्रधानाध्यापकलाई मङ्गलबारदेखि कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको सहायक प्रधानाध्यापक तिलकबहादुर दङ्गालले जानकारी दिए ।

उनको सम्पर्कमा आएका शिक्षक, विद्यार्थी तथा स्वास्थ्यकर्मीसहित २२ जनाको आज जिल्ला स्वास्थ कार्यालयबाट आएका स्वास्थ्यकर्मीले विद्यालयबाटै स्वाब सङ्कलन गरी लगेको छ ।

त्यसको रिपोर्ट आइतबारसम्म आइपुग्ने बताइएको छ । सङ्क्रमित शिक्षक अहिले काठमाडौँमा होमक्वारेन्टिनमा रहेका शिक्षक ताराबहादुर श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : १५ बजे

कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य

प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा

दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

उदयपुर– दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन