भोलिदेखि त्रिकोणात्मक टी- २० सिरिज, पारसले खेल गुमाउने « Khabarhub

भोलिदेखि त्रिकोणात्मक टी- २० सिरिज, पारसले खेल गुमाउने


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले शनिबारबाट शुरु हुने त्रिकोणात्मक टी-२० सिरिज गुमाउने भएका छन् ।

आइतबार भएको अभ्यासमा बल क्याच गर्ने क्रममा घाइते भएसँगै उनले त्रिकोणात्मक सिरिज गुमाउने भएका हुन् । पारसलाई चिकित्सकले २ देखि ३ साता आराम र थेरापी गर्न सल्लाह दिएका छन्।

चोटका कारण पारसले नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिज गुमाउने भएका हुन् । क्यानले पारसको स्थानमा ब्याट्सम्यान सन्दीप जोरालाई टिममा बोलाएको छ ।

नेपालले सिरिजको पहिलो खेलमा भोलि (शनिबार) नेदरल्यान्ड्ससँग खेल्दैछ । नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ । नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजको शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन्। क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

नेपाली टोलीमा मल्लसहित, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी,करण केसी,सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख,आशिफ शेख,कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी,सुशन भारी,शाहब आलम रहेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : १५ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम