बलिउड अभिनेतासँग रोमान्स गर्ने यी हलिउड अभिनेत्रीहरु « Khabarhub

बलिउड अभिनेतासँग रोमान्स गर्ने यी हलिउड अभिनेत्रीहरु


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका कैयौं कलाकारहरु हलिउड फिल्ममा देखिएका छन् । उनीहरुले आफ्नो अभिनयको बलबाट विदेशमा पहिचान पनि बनाएका छन् । हलिउडमा आफ्नो अभिनयको छाप छोडेका केही अभिनेत्रीहरुले बलिउडमा अभिनेतासँग अनस्क्रिन रोमान्स गर्ने अवसर पाएका छन् ।

अमर उजालाका अनुसार यी अभिनेत्रीहरु अहिलेको फिल्ममा नभई धेरै अगाडिका फिल्ममा अभिनय गरेको हेर्न पाइन्छ । अभिनेता राज कपूरदेखि लिएर आमिर खानसम्म उनीहरुले रोमान्स गरिसकेका छन् ।

अभिनेत्री एडवर्ड जेराडाले सन् १९७० मा रिलिज फिल्म ‘मेरा नाम जोकर’मा ‘शोमेन’ राज कपूरसँग अभिनय गरेकी थिइन् । यो फिल्ममा वास्तविक सर्कस देखाइएको थियो । फिल्मका लागि सोभियत स्टेट सरकसबाट कलाकार ल्याइएको थियो । यही कलाकारको समूहमा एडवर्ड थिइन् ।

फिल्म ‘लगान’ हेर्नु भएको छ भने त्यहाँ हलिउड अभिनेत्री रशेल शैलीलाई तपाईंले पक्कै बिर्सनुभएको छैन । फिल्ममा अंग्रेज शासनबाट मुक्ति पाउनका लािग गाउँलेहरु उनीहरुसँग क्रिकेट खेल्छन् । यो फिल्ममा अंग्रेजी टिममा एक महिला छिन् । जसले गाउँलेलाई क्रिकेट खेल्न सिकाउछिन् । त्यो भूमिका रशेलले नै निभाएकी थिइन् ।

आमिर खान स्टारर फिल्म ‘रंग देश बसन्ती’ लाई युवा दर्शकले निकै मनपराए । फिल्ममा इंग्ल्याण्डकी अभिनेत्री एलिस पैटनले आमिरसँग रोमान्स गरेकी छन् । फिल्ममा उनले वृत्तचित्र बनाउन भारत आएकी महिलाको भूमिका निर्वाह गरेकी छन् ।

सन् २०१० मा रिलिज फिल्म ‘काइट्स’मा ऋतिक रोशन प्रमुख भूमिकामा थिए । फिल्ममा नताशाको भूमिका निभाउने कलाकार मेक्सिकोकी मोडल बारबरा मोरी थिइन् । फिल्ममा उनले अभिनयको तारिफ पाएकी थिइन् । यो बेला बारबरा र ऋतिक बीच अफेयरको हल्ला चलेको थियो ।

अभिनेता रणवीर कपूर र अभिनेत्री कटरीना कैफ स्टारर फिल्म ‘राजनीति’मा सराह थम्प्सनले अभिनय गरेकी छन् । उनी अमेरिकाको ठूलो पर्दाको प्रख्यात अभिनेत्री हुन् । टेलिभिजनमा उनको लोकप्रियता उत्तिकै छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ६ : १० बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६