कर्णालीमा तत्काल अक्सिजन प्लान्ट स्थापना गर्न माग « Khabarhub

कर्णालीमा तत्काल अक्सिजन प्लान्ट स्थापना गर्न माग


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश संसदीय दलले कर्णालीमा तत्काल अक्सिजन प्लान्ट स्थापना तथा सञ्चालनका लागि आवश्यक बजेट र जनशक्ति व्यवस्थापन गर्न सङ्घीय सरकारसँग माग गरेको छ ।

एमालेका प्रदेश इञ्चार्ज एवं प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा आइतबार स्वास्थ्य मन्त्रालय पुगेको सांसदहरूको टोलीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेटेर कोभिड–१९ को महामारीले कर्णालीको अवस्था जटिल बन्दै गएकाले गम्भीर बन्न ध्यानाकर्षण गराएको हो ।

स्वास्थ्यमन्त्री त्रिपाठीलाई ज्ञापनपत्र बुझाउँदै एमाले सांसदहरूले प्रदेश सरकार मातहतको प्रदेश अस्पतालमा तत्काल ५०० सिलिन्डर भर्न सकिने क्षमताको अक्सिजन प्लान्ट सञ्चालन गर्न माग गरेका हुन् ।

ज्ञापनपत्रमा स्वास्थ्य मन्त्रालयसँग कर्णाली अस्पतालका लागि आवश्यक आइसियू, भेन्टिलेटरसहितका बेड, औषधिको व्यवस्थापन गर्न, जिल्ला अस्पतालहरुमा अक्सिजन सिलिन्डर उपलब्ध गराउन माग गरिएको छ । प्रदेश अस्पतालले अक्सिजन अभाव देखाउँदै कोभिड १९ का गम्भीर बिरामीको भर्ना नलिने सूचना जारी गरेपछि एमालेले प्रदेश सरकार र सङ्घीय सरकारको ध्यानाकर्षण गराएको हो ।

एमाले नेता कँडेलले स्वास्थ्यमन्त्रीले कर्णाली प्रदेश अस्पतालका लागि अक्सिजन सिलिन्डर सहितका केही सामग्री पठाइसकेको र बाँकी छिटै पठाउने प्रतिवद्धता जनाएको बताए । ज्ञापनपत्र बुझाउन कँडेल नेतृत्वमा सांसदहरू धु्रवकुमार शाही, राजबहादुर बुढा, मोहन बानियाँ, पार्वतीकुमारी विसुन्के र गुलाबजंग शाह स्वास्थ्य मन्त्रालय पुगेका थिए ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १० : ०१ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले