‘हुनेले दिनुहोस्, नहुनेले लिनुहोस्’ | Khabarhub Khabarhub

‘हुनेले दिनुहोस्, नहुनेले लिनुहोस्’


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिबासमा नागरिकस्तरमा गठित कोभिड–१९ व्यवस्थापन समितिले भोकालाई खुवाउन ‘खाद्य बैंक’ सञ्चालनमा ल्याएका छन् ।

अहोरात्र सुरक्षामा खटिने सुरक्षाकर्मी, पैदलयात्री र महाव्याधीले रोजगारी गुमाएर भोकभोकै बस्नपर्ने अवस्थाका गरीबलाई खाजा, खाना खुवाउन ‘खाद्य बैंक’ सञ्चालनमा ल्याइएको समितिले जनाएको छ ।

बर्दिबास उद्योग वाणिज्य सङ्घ, होटल तथा पर्यटन व्यवसायी सङ्घ, बर्दिबास हेल्प फाउण्डेशन र रोटरी क्लब अफ बर्दिबाससहितका सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको पहल कदमीमा ‘खाद्य बैंक’ सञ्चालन गरिएको हो । महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाको अध्यक्षतामा गठित कोभिड–१९ व्यवस्थापन समितिले ‘खाद्य बैंक’ सञ्चालनका लागि उपसमिति नै गठन गरेको छ ।

‘खाद्य बैंक’ मा आवश्यक खाजा, खाना व्यवस्थापनका लागि बर्दिबास उद्योग वाणिज्य सङ्घले महाव्याधीको असहज परिस्थिति रहुञ्जेल रासनको आपूर्तिको जिम्मेवारी लिएको छ । “हामीले समितिलाई सहयोग गर्न सबै उपकारी मनहरुसँग सार्वजनिक अपिल नै गरेका छौँ” ‘खाद्य बैंक’ व्यवस्थापन उपसमितिका संयोजक रेवन्त कार्कीले भने, “गर्नेले मन फुकाएर सहयोग गरिरहेका छन् ।” खाजा, खाना पूर्व­पश्चिम राजमार्ग, अस्पताल परिसरका अतिरिक्त भोका मान्छे वरपर कहीँ छन् भन्ने थाहा पाउनासाथ तयारी खाजा र खाना पुर्‍याइने गरिएको संयोजक कार्कीको भनाइ छ ।

समितिले आफ्नो व्यानरमा ‘हुनेले दिनुहोस्, नहुनेले लिनुहोस्’ भन्ने मुख्य नारा नै बनाएको छ । समितिले कोभिड–१८ प्रभावितलाई निःशुल्क एम्बुलेन्स सेवा, घरघर पुगेर प्रभावित परिवारलाई मास्क, सेनिटाइजरसहितका स्वास्थ्य सामग्री वितरण गर्नुको साथै र केही पर्दा ‘हामी छौँ’ भनेर ढाडस दिने गरेको समितिका अध्यक्ष थापाले बताए ।

अप्ठ्यारो र असहज परिस्थितिबीच सामाजिक सङ्घसंस्थाले बढाएका सकारात्मक पहल कदमीको आम सर्वसाधारणले निकै सराहना गरेका छन् । “आपद्विपद् परेका बेला सम्झी घरघर पुगेर सकेको मद्दत गरेका छन्” बर्दिबास–२ बुद्धचोकका बासिन्दा स्थानीय गायत्री आचार्यले भने, “यिनीहरुको जय होस् ।” – रासस

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १० : ४५ बजे

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

बनियानी – झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष

युक्रेनमा रुसद्वारा ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

किभ – युक्रेनमा रुसद्वारा गरिएको नयाँ गोलाबारी र ड्रोन आक्रमणमा

सुडानको एल–फाशेरमा कुपोषणका कारण एक सातामा ६३ जनाको मृत्यु

पोर्ट सुडान – सुडानको घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका

खोटाङको सापातेलमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका