पत्रकार कार्कीको निधनमा चौतारी स्तब्ध « Khabarhub

पत्रकार कार्कीको निधनमा चौतारी स्तब्ध


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेस चौतारी नेपालले केन्द्रीय कमिटी सदस्य तथा नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण ३५ वर्षको अल्पायुमै असामयिक निधन भएकामा सङ्गठन स्तब्ध भएको जनाएको छ ।

कोरोना संक्रमणपछि काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचाररत कार्कीको शनिबार साँझ ८ : ०० बजे निधन भएको हो । झापाको साविक डोरामारी गाविस, हाल गौरादह नगरपालिका–४ डोरामारी निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौंमा रही पत्रकारितामा सक्रिय थिए ।

पेशाप्रति अत्यन्तै लगनशील कार्कीले च्यानल नेपाल टेलिभिजनको समाचार प्रमुखको रुपमा समेत जिम्मेवारी सम्हालि सकेका थिए । हाल अनलाइन पत्रिका जनताटाइम्स डटकमको सम्पादक र सौर्य दैनिकका सहसम्पादक कार्कीलाई गत वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो ।

चौतारीका अध्यक्ष गणेश बस्नेतले आज विज्ञप्ति जारी गरी अल्पायुमै भएको उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील र जुझारु युवा पत्रकार गुमाएको उल्लेख गरेका छन् ।

कोरोना संक्रमणको कारण अहिलेसम्म मुलुकभर गरी १४ जना पत्रकारले जीवन गुमाउनु परेको छ । अध्यक्ष बस्नेतले जीवन गुमाउने सबै पत्रकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै संक्रमित सबै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उनले महामारीको चपेटमा परेको यस अवस्थामा नागरिकलाई सूसुचित गराउने दायित्व निर्वाहमा लागिरहँदा स्वास्थ्य मापदण्डको पूर्णपालना गरी संक्रमणबाट बच्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ९ : ३१ बजे

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली