यात्रु ओसारेको आरोपमा एम्बुलेन्स चालक पक्राउ | Khabarhub Khabarhub

यात्रु ओसारेको आरोपमा एम्बुलेन्स चालक पक्राउ


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– यात्रु ओसारेको आरोपमा जनकपुर प्रहरीले एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञामा अन्य सवारीसाधन बन्द हुँदा एम्बुलेन्सले नै यात्रु ओसार्ने गरेको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले बटेश्वर गाउँपालिकाको एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको जनाएको हो ।

ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपानेको अनुसार पुल्चोकबाट विराटनगर जाँदै गरेको ज १ च १६२५ नम्बरको एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिइएको हो । ती चालकले यात्रुसँग १६ हजार ५ सय रूपियाँ लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ८ : २६ बजे

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको