निशालाई प्राप्त आर्थिक सहयोग थेरापीमा खर्च गरिने « Khabarhub

निशालाई प्राप्त आर्थिक सहयोग थेरापीमा खर्च गरिने


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेलाई विभिन्न दाताबाट प्राप्त भईरहेको आर्थिक सहयोग उनी डिस्चार्ज भएपछि हुने थेरापीमा खर्च गरिने भएको छ ।

निशाकी आमा गोमाका अनुसार अस्पताल भर्ना भएपछि प्राप्त आर्थिक सहयोगलाई थेरापी तथा अन्य उपचारमा खर्च गरिनेछ । नेपाल चलचित्र निर्देशक समाजको पहलमा अमेरिकामा बस्दै आएका फिल्मकर्मीहरुबाट प्राप्त ५१ हजार रुपैंयाँ मंगलबार बुझ्दै गोमाले उक्त जानकारी दिएकी हुन् ।

निशाको उपचारमा अमेरिकामा रहेका सुमन दाहालबाट ५० डलर, अशोक श्रेष्ठबाट ५५ डलर, किशोर सुब्बाबाट ५१ डलर, गोपाल चन्द्र लामिछानेबाट ५१ डलर, अक्की शर्माबाट ५१ डलर, पवन गौतमबाट ५१ डलर, अनिल संग्रौलाबाट ५१ डलर, दिनेश कार्कीबाट एकाउन्न डलर गरि जम्मा ४ सय ११ डलर र नेपालबाट चलचित्र पत्रकार रघुनाथ सापकोटाबाट गरेर ५१ हजार १ सय रुपैयाँ निशाको निवास ललितपुर बुङमती पुगेर गोमालाई हस्तान्तरण गरिएको थियो ।

उक्त नगद चलचित्र निर्देशक समाजका महासचिव जनकदिप पराजुली, कार्यसमिति सदस्य देवेन्द्र पाण्डे, निर्देशक अमर ओली र चलचित्र पत्रकार रघुनाथ सापकोटाले हस्तान्तरण गरेका थिए ।

तीन वर्ष अघि भारतको देहरादुनमा सडक दुर्घटनामा परेकी घिमिरेको उपचारमा हालसम्म झण्डै ३० लाख रुपैंयाँ बढी खर्च भइसकेको छ । उनको नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी र नवजीवन परोपकार समाजको सक्रियतामा घरबाट उद्धार गरी निःशुल्क उपचार भइरहेको छ । निशाका पिता प्रेम घिमिरेका अनुसार निशाको स्वास्थ्यमा सुधार भइरहेको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १० : ४५ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा