बालिका बलात्कारको आरोप बृद्ध पक्राउ « Khabarhub

बालिका बलात्कारको आरोप बृद्ध पक्राउ


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा बालिका बलात्कारको आरोपमा प्रहरीले एक बृद्धलाई पक्राउ गरेको छ ।

बुधबार जनकपुरधाम उपमहानगरपालिका–२२ का ५० वर्षीय छेदु मण्डललाई बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार राति बसबिट्टीकी ४ वर्षीया बालिका उनले जर्वजस्तीकरणी गरेको पीडितले उजुरी दिएका छन् । उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले अभियुक्त मण्डललाई पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

प्रहरीलाई पीडित पक्षले दिएको ब्यान अनुसार मंगलबार साँझ छिमेकीसमेत रहेको मण्डलले बालिकालाई खेलाउनका लागि घरबाट लगेका थिए । खेलाउन लगेको मौका छोपी उनले बालिकालाई आँपको बगैँचा लगी जबरजस्ती करणी गरेका थिए ।

अबेर साँझसम्म घर नफर्केपछि घरपरिवारले बालिकाको खोजविन गर्दैजाँदा घरभन्दा करिब २ सय मिटर पर आँपको बगैँचामा अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सोही आधारमा प्रहरीले बुधबार बिहान मण्डललाई पक्राउ गरी घटनाको अनुसन्धान जारी राखेको छ ।

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १० : १५ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि