हिलोले रौतहटको बंकुल बजार अस्तव्यस्त « Khabarhub

हिलोले रौतहटको बंकुल बजार अस्तव्यस्त


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– ढल तथा नाला व्यवस्थापन नहुँदा जिल्लाको बौद्धीमाई नगरपालिका वडा नम्बर ७ र ८ मा पर्ने बंकुल बजार हिलोले अस्तव्यस्त बनेको छ । सम्बन्धित पालिका र वडाध्यक्षले सडक मर्मतमा चासो नलिँदा बंकुल बजार हिलाम्य भएको हो । नहरबाट सरमुजवा गाउँ तथा मौलापुर जाने बजारको मूल सडकमै सवारी साधन गुड्न नसक्ने भएको छ ।

सडकको हिलोमा चिप्लेर मोटरसाइकल चालक तथा पैदल यात्रु दिनहुँ लडेर दुर्घटनामा पर्ने गरेको स्थानीयवासी उतिम यादवले गुनासो गरे । ‘बजारका लागि नाला निर्माण गर्न खनिएको खाल्डो त झन् ज्यानमारा बनेको छ’ उनले भने, ‘न नाला बन्छ, न सडक नै ।’

चाँडो हिलो र नालाको समस्या समाधान नभए बंकुल बजारबासी आन्दोलन गर्न बाध्य हुने यादवले चेतावनी दिए।

नगरपालिकै मुख्य र पुरानो बजारका रुपमा ख्याति कमाएको बंकुल बजारलाई व्यवस्थापन गर्न जनप्रतिनिधि निर्वाचित भएको झन्डै चार वर्ष बितिसक्दा पनि सडक तथा नाला निर्माण गर्न जनप्रतिनिधिले चासो नदेखाएको स्थानीयवासीले आरोप लगाएका छन् ।

सडकमा आवतजावत गर्ने मोटरसाइकल, साइकल चालक र पैदलयात्री चिप्लेर दिनहुँ लड्ने गरेको स्थानीयवासी भागेश्वर यादवले गुनासो गरे । यस अवधिमा धेरैको हातखुट्टा भाँचिएको छ ।

वर्षा लागेपछि र बजेट फ्रिज हुन एक महिना बाँकी रहँदा असार महिनामा बजेट पचाउन हतारहतारमा अहिले असारे योजना सञ्चालन भइरहेको स्थानीयवासीले आरोप लगाएका छन् ।

जिल्लाका १६ नगरपालिका र दुई गाउँपालिकाका सबै वडामा निर्माण भइरहेको नाला, सडक ढलानलगायत निर्माणका काममा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको स्थानीयवासीले गुनासो गरेका छन् । –रासस

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ९ : ४५ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि