१० वर्षीया छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बाबु पक्राउ « Khabarhub

१० वर्षीया छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बाबु पक्राउ


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा १० बर्षीया छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा ५१ बर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका-२ की १० बर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा उनका ५१ बर्षीय बुवा पक्राउ परेका हुन् ।

उनका अनुसार सेती प्रादेशिक अस्पतालमा शव पोष्टमार्टमका लागि पठाएको र घटना शंकास्पद देखिएकोले विभिन्‍न व्यक्तिहरूसँग सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा उनकै बुवाले बलात्कारपछि हत्या गरेको खुलेको छ ।

प्रहरी नायब उपरीक्षक विष्टकाअनुसार, मृतक बालिकाका ५१ बर्षीय बुवाले २७ गते दिउँसो आफ्नै भैँसी गोठमा लगेर जबरजस्ती करणी गरेको र घटना बाहिरिने डरले भैसी गोठमा नै झुण्डाएर हत्या गरेको खुलेको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १० : ०२ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको