कोरोना कहर : यूएईले नेपालसहित १४ देशमा लगायो यात्रामा प्रतिबन्ध « Khabarhub

कोरोना कहर : यूएईले नेपालसहित १४ देशमा लगायो यात्रामा प्रतिबन्ध


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकलाई नेपालसहित १४ देशको यात्रामा प्रतिबन्ध लगाएको छ।

यूएईको विदेश मन्त्रालय र राष्ट्रिय आपतकालीन, संकट र विपद् व्यवस्थापन प्राधिकरणले कोरोना संक्रमणको जोखिमका दृष्टिले आफ्ना नागरिकलाई नेपालसहित १४ देशमा यात्रा प्रतिबन्ध गरेको छ ।

मन्त्रालयका अनुसार यो प्रतिबन्ध आगामी साउन ६ गतेलाई लगाइएको हो ।

यूएईले आफ्ना नागरिकलाई नेपाल र भारतसहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, कंगो, युगान्डा, सेरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरियाको यात्रामा प्रतिबन्ध लगाएको हो।

यस्तै यूएईको विदेश मन्त्रालयले अन्य देशको भ्रमणमा पनि कोभिड–१९ सम्बन्धी सबै प्रकारका सतर्कता अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ९ : ३५ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष