कोरोना कहर : यूएईले नेपालसहित १४ देशमा लगायो यात्रामा प्रतिबन्ध « Khabarhub

कोरोना कहर : यूएईले नेपालसहित १४ देशमा लगायो यात्रामा प्रतिबन्ध


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकलाई नेपालसहित १४ देशको यात्रामा प्रतिबन्ध लगाएको छ।

यूएईको विदेश मन्त्रालय र राष्ट्रिय आपतकालीन, संकट र विपद् व्यवस्थापन प्राधिकरणले कोरोना संक्रमणको जोखिमका दृष्टिले आफ्ना नागरिकलाई नेपालसहित १४ देशमा यात्रा प्रतिबन्ध गरेको छ ।

मन्त्रालयका अनुसार यो प्रतिबन्ध आगामी साउन ६ गतेलाई लगाइएको हो ।

यूएईले आफ्ना नागरिकलाई नेपाल र भारतसहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, कंगो, युगान्डा, सेरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरियाको यात्रामा प्रतिबन्ध लगाएको हो।

यस्तै यूएईको विदेश मन्त्रालयले अन्य देशको भ्रमणमा पनि कोभिड–१९ सम्बन्धी सबै प्रकारका सतर्कता अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ९ : ३५ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै