पेय पदार्थको विक्री वितरण र जमघट नगर्न दूतावासको आग्रह « Khabarhub

पेय पदार्थको विक्री वितरण र जमघट नगर्न दूतावासको आग्रह


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारस्थित नेपाली दूतावासले इस्लामहरूको महान पर्व ईद–अल–अदाको छुट्टीको समयमा कतार सरकारले निषेधित गरेको पेय पदार्थको बेचविखन अनावश्यक जमघट नगर्न आग्रह गरेको ।

दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै कतारमा कार्यरत नेपाली समुदायलाई इद इस्लाम धर्मावलम्बीको पवित्र चाड भएको जानकारी गराउदै धर्म, संस्कृति, परम्परा र मान्यता विपरित कुनै पनि कार्य नगर्न सचेत गराएको छ ।

अघिल्लो वर्षहरूमा कतारमा नेपालीले ईद लगायतका लामो छुट्टीमा सार्वजनिक स्थानमा ठूलो संख्यामा जमघट गर्ने, कतिपयले मदिरा सेवन गरेर होहल्ला गर्ने गरेका जनाउदै कानुनले निषेधित गरेको कुनै पनि कार्य गर्न–नगराउन दूतावासले अनुरोध गरेको छ।

केहि महिना अघिमात्र कतार सरकारले नेपाली समुदायका अगुवामार्फत कतार नेपालीहरूको गैरकानुनी गतिबिधि बढेको भन्दै सचेत गराउन भनेको थियो ।

यसैगरी, इदको अवसरमा तीन दिन दूतावास बन्द हुने जनाउदै बिदाको समयमा पनि राहदानी प्राप्त गर्न सहज होस् भनेर विहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म राहदानी वितरणको व्यवस्था गरिएको जनाएको छ ।

विदाको समयमा कुनै अत्यावश्यक काम परेमा ३३५६०११७ मा सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ दूतावासका अनुसार कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कार्यरत छन्। जसममा ११ हजार ९० जना महिला पनि कार्यरत छन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १० : ०७ बजे

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत