सैफलाई अपहरण गर्न चाहन्थिन् परिणीति | Khabarhub Khabarhub

सैफलाई अपहरण गर्न चाहन्थिन् परिणीति


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउड अभिनेता सैफ अली खानलाई दर्शकमात्र होइन, फिल्मकर्मी पनि उत्तिकै मनपराउछन् । अझ उनलाई मनपराउने अभिनेत्रीको संख्या उल्लेख्य नै छ । अभिनेत्री परिणीति चोपडा सैफलाई निकै मनपराउछिन् । उनी आफ्नो क्रश नै मान्छिन् ।

सैफप्रति परिणीतिको आशक्ति कतिसम्म छ भने उनी सैफलाई अपहरण गर्न पनि पछि नपर्ने योजनामा छिन् । ‘द कपिल शर्मा शो’को एक भागको क्लिप युट्यबुमा बलिउड गसिप गर्लको पेजले सार्वजनिक गरेको छ ।

एकपटक सैफ आफ्नो फिल्मको प्रमोशनका लागि कपिलको शोमा पुगेका थिए । त्यहाँ कपिलले सैफलाई परिणीतिको त्यो क्लिप देखाइन्, जहाँ परिणीतिले सैफ प्रति आफ्नो प्रेम देखाएकी थिइन् । त्यहाँ परिणीतिले मौका मिलेमा आफूले सैफको अपहरण गर्ने बताएकी थिइन् । उनले आफ्नो कुरा सैफकी अभिनेत्री पत्नी करीना कपूर खानलाई पनि जानकारी भएको बताएकी थिइन् ।

यो भिडियो हेरेपछि कपिलले सैफसँग उनको प्रतिक्रिया लिन खोजेका थिए । तर सैफले केही बोल्न सकेनन् । किनकी उनीलाई के बोल्ने भन्ने समेत थाहा भएन ।

यसअघि करण जोहारको शोमा पनि परिणीतिले सैफ आफूलाई निकै मनपर्ने बताएकी थिइन् । उनले सैफका लागि जुनसुकै कुरा पनि ‘हुन्छ’ भन्न तयार रहेको खुलाएकी थिइन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  २ : १० बजे

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई