सैफलाई अपहरण गर्न चाहन्थिन् परिणीति « Khabarhub

सैफलाई अपहरण गर्न चाहन्थिन् परिणीति


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउड अभिनेता सैफ अली खानलाई दर्शकमात्र होइन, फिल्मकर्मी पनि उत्तिकै मनपराउछन् । अझ उनलाई मनपराउने अभिनेत्रीको संख्या उल्लेख्य नै छ । अभिनेत्री परिणीति चोपडा सैफलाई निकै मनपराउछिन् । उनी आफ्नो क्रश नै मान्छिन् ।

सैफप्रति परिणीतिको आशक्ति कतिसम्म छ भने उनी सैफलाई अपहरण गर्न पनि पछि नपर्ने योजनामा छिन् । ‘द कपिल शर्मा शो’को एक भागको क्लिप युट्यबुमा बलिउड गसिप गर्लको पेजले सार्वजनिक गरेको छ ।

एकपटक सैफ आफ्नो फिल्मको प्रमोशनका लागि कपिलको शोमा पुगेका थिए । त्यहाँ कपिलले सैफलाई परिणीतिको त्यो क्लिप देखाइन्, जहाँ परिणीतिले सैफ प्रति आफ्नो प्रेम देखाएकी थिइन् । त्यहाँ परिणीतिले मौका मिलेमा आफूले सैफको अपहरण गर्ने बताएकी थिइन् । उनले आफ्नो कुरा सैफकी अभिनेत्री पत्नी करीना कपूर खानलाई पनि जानकारी भएको बताएकी थिइन् ।

यो भिडियो हेरेपछि कपिलले सैफसँग उनको प्रतिक्रिया लिन खोजेका थिए । तर सैफले केही बोल्न सकेनन् । किनकी उनीलाई के बोल्ने भन्ने समेत थाहा भएन ।

यसअघि करण जोहारको शोमा पनि परिणीतिले सैफ आफूलाई निकै मनपर्ने बताएकी थिइन् । उनले सैफका लागि जुनसुकै कुरा पनि ‘हुन्छ’ भन्न तयार रहेको खुलाएकी थिइन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  २ : १० बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने