कराँचीमा लकडाउनबारेको समचार संकलन गर्ने पत्रकारमाथि प्रहरीद्वारा कुटपिट « Khabarhub

कराँचीमा लकडाउनबारेको समचार संकलन गर्ने पत्रकारमाथि प्रहरीद्वारा कुटपिट


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कराँची– कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाकिस्तानको सिन्ध प्रान्तमा थप गरिएको लकडाउनबारेको समाचार संकलन गर्ने क्रमममा प्रहरीले एक जना पत्रकारमाथि हातपात गरेको छ ।

कराँचीस्थित फेडरल बी क्षेत्रमा समाचार संकलनमा खटिएका उनलाई प्रहरीले कुटपिट गरेको बताइएको हो ।

अन्तराष्ट्रिय समाचार एजेन्सीमा आबद्ध पत्रकार फरिद खानमाथि प्रहरीले हातपात गरेको जनाइएको छ । आफूले कार्यालयको आधिकारिक कार्ड र क्यामेरा देखाए पनि प्रहरीले आफूमाथि दुर्व्यवहार र हातपात गरेको पत्रकार फरिदले बताएका छन् ।

आफूलाई बलपूर्वक प्रहरी भ्यानमा कोचेर प्रहरी चौकी लगी गैरकानूनी रुपमा हिरासतमा राखेको उनले बताए । उक्त घटनाको केही घण्टापछि सौदाबादमा अर्का पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो ।

कोभिड १९ को जोखिम कायमै रहेको बेला मापदण्ड विपरीत रेस्टुरेन्ट सन्चालन गरिएकोबारे समाचार संकलनका क्रममा एक निजी टेलिभिजनका रिपोर्टर, ओबी भ्यान अपरेटर र चालकको टोलीमाथि रेस्टुरेन्टका कर्मचारीहरुले आक्रमण गरेको जनाइएको छ ।

विश्व प्रेस स्वतन्त्रताबारे २०२१ को रिपोर्ट अनुसार पत्रकारिता अभ्यास र सुरक्षाका दृष्टिकोणले पाकिस्तान जोखिमयुक्त मुलुक रहेको देखाएको छ । पत्रकारहरुमाथि यस्तो दुर्व्यवहार बिरुद्ध पत्रकार समूहले घोर निन्दा गरेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ५ : १४ बजे

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा