अफगानिस्तानसँग भावनात्मक सम्बन्ध राख्ने यी कलाकार « Khabarhub

अफगानिस्तानसँग भावनात्मक सम्बन्ध राख्ने यी कलाकार


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– तालिबानले आइतबार अफगानिस्तानको राजधानी काबुल कब्जामा लिए । काबुल कब्जामा लिएपछि स्थानीयहरु आतंकित भएका छन् र आसपासका इलाकामा जाने प्रयास गरिरहेका छन् । सामाजिक सञ्जालमा आइतबारदेखि नै अफगानिस्तान ट्रेण्डमा छ र यो देशका बारेमा मानिसहरुले आफ्नो किसिमले प्रतिक्रिया दिइरहेका छन् ।

दर्शकलाई सायद एउटा कुरा कमैमात्र थाहा होला कि बलिउडका केही कलाकारको अफगानिस्तानसँग भावनात्मक सम्बन्ध छ । उनीहरुका पूर्वज अफगानी हुन् ।

बलिउड अभिनेता शाहरुख खान मुम्बईमा आफ्नो परिवारका साथ बसे पनि उनको पूर्वज अफगानी हुन् । अभिनेताका पिता जीविका चलाउनका लागि दिल्लीमा राष्ट्रिय नाट्य विद्यालयमा क्यान्टिन चलाउथे ।

दिवंगत अभिनेता दिलीप कुमारका पूर्वज अफगानिस्तानमा थिए । अफगानिस्तानको बद्लिदो राजनीतिबाट हैरान भएर उनीहरु त्यहाँबाट पाकिस्तान स्थानान्तरण भएका थिए । पाकिस्तान र भारत विभाजन भएपछि दिलीपले भारतलाई छनोट गरे र उनको परिवार भारत आयो ।

अभिनेता सलमान खानको पूर्वज पनि अफगानी हुन् । तर त्यहाँको अवस्था बिग्रिएपछि उनीहरु भारत आए । सलमानका हजुरबुवा ब्रिटिस सेनामा फौजीका रुपमा काम गर्थे । सलमानका पिता सलिम खान आफ्नो परिवारको जीविकोपार्जनका लागि भारतको मध्यप्रदेशस्थित इन्दौरबाट मुम्बई आए ।

क्रिकेटर मंसूर अली खानका छोरा सैफ अली खानको परिवार अफगानिस्तानकै थिए । १६ औं शताब्दीमा सैफका पूर्व लोधी साम्राज्यको सेवा गर्नका लागि भारतको नयाँदिल्लीमा आएर बसेका थिए । यसपछि विस्तारै विस्तारै उनको परिवार भोपाल आए ।

कोरियोग्राफर फराह खानका पिता अफगानिस्तानमा बस्थे । फराहका पिता मुम्बईका एक सफल फिल्मकर्मी थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ५ : ३० बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान