अफगानिस्तानसँग भावनात्मक सम्बन्ध राख्ने यी कलाकार « Khabarhub

अफगानिस्तानसँग भावनात्मक सम्बन्ध राख्ने यी कलाकार


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– तालिबानले आइतबार अफगानिस्तानको राजधानी काबुल कब्जामा लिए । काबुल कब्जामा लिएपछि स्थानीयहरु आतंकित भएका छन् र आसपासका इलाकामा जाने प्रयास गरिरहेका छन् । सामाजिक सञ्जालमा आइतबारदेखि नै अफगानिस्तान ट्रेण्डमा छ र यो देशका बारेमा मानिसहरुले आफ्नो किसिमले प्रतिक्रिया दिइरहेका छन् ।

दर्शकलाई सायद एउटा कुरा कमैमात्र थाहा होला कि बलिउडका केही कलाकारको अफगानिस्तानसँग भावनात्मक सम्बन्ध छ । उनीहरुका पूर्वज अफगानी हुन् ।

बलिउड अभिनेता शाहरुख खान मुम्बईमा आफ्नो परिवारका साथ बसे पनि उनको पूर्वज अफगानी हुन् । अभिनेताका पिता जीविका चलाउनका लागि दिल्लीमा राष्ट्रिय नाट्य विद्यालयमा क्यान्टिन चलाउथे ।

दिवंगत अभिनेता दिलीप कुमारका पूर्वज अफगानिस्तानमा थिए । अफगानिस्तानको बद्लिदो राजनीतिबाट हैरान भएर उनीहरु त्यहाँबाट पाकिस्तान स्थानान्तरण भएका थिए । पाकिस्तान र भारत विभाजन भएपछि दिलीपले भारतलाई छनोट गरे र उनको परिवार भारत आयो ।

अभिनेता सलमान खानको पूर्वज पनि अफगानी हुन् । तर त्यहाँको अवस्था बिग्रिएपछि उनीहरु भारत आए । सलमानका हजुरबुवा ब्रिटिस सेनामा फौजीका रुपमा काम गर्थे । सलमानका पिता सलिम खान आफ्नो परिवारको जीविकोपार्जनका लागि भारतको मध्यप्रदेशस्थित इन्दौरबाट मुम्बई आए ।

क्रिकेटर मंसूर अली खानका छोरा सैफ अली खानको परिवार अफगानिस्तानकै थिए । १६ औं शताब्दीमा सैफका पूर्व लोधी साम्राज्यको सेवा गर्नका लागि भारतको नयाँदिल्लीमा आएर बसेका थिए । यसपछि विस्तारै विस्तारै उनको परिवार भोपाल आए ।

कोरियोग्राफर फराह खानका पिता अफगानिस्तानमा बस्थे । फराहका पिता मुम्बईका एक सफल फिल्मकर्मी थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ५ : ३० बजे

रविलाई पार्टी कार्यालयमा स्वागत, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका