ओलीलाई अष्टलक्ष्मीका चार सुझाव « Khabarhub

ओलीलाई अष्टलक्ष्मीका चार सुझाव


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले फुट र जुटको अनुभव भएको एमाले सुदृढ बनाउन चारवटा सुझाव दिएकी छन् ।

बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै उपाध्यक्ष शाक्यले एमाले सुदृढ बनाउन नेतृत्वको ध्यानाकर्षण गराइन् ।

यस्ता छन् चार सुझाव

१ हामी विचारबाट साह्रै विचलित भयौं । वैचारिक प्रशिक्षण भएन । नवौं अधिवेशनमा दुइटा प्यानल बन्यो । निर्वाचनमा गुटबन्दी भयो । पार्टीभित्र अन्तरविरोध सिर्जना भयो । कहिल्यै पनि संगोल एमाले भएन । दुर्भाग्य थियो । एकताबद्ध भएर जाने, प्यानल नबनाउने हो सुदृढ एमाले बनाउन सक्छौं ।

२ हामीसँग विचार छ । तर कहिले पनि वैचारिक काम गर्न सकेनौं । नवौ अधिवेशनपछि प्रशिक्षण, विचारको अभाव भयो । कमिटी अराजकतातिर गयो । विचार शून्य भएपछि जन्माउने गुटबन्दी हो । एमाले गुटबन्दीको सिकार बन्यो । यसमा अत्यन्तै समीक्षा हुनुपर्छ । निर्मम समीक्षा गरेमात्रै सुदृढ एमाले बन्छ । नेतृत्वले आँट गर्नैपर्छ ।

३ जनमतको कदर गर्नै सकेनौं । यत्रो नेपाली जनताले हामीलाई जनमत दियो । सत्तामा पुर्‍यायो । तर जोगाउन सकेनौं । जनताले मत दियो । अब फेरि चुनावमा जानुपर्छ भनेर सोचेनौं । जनमत पाएको हो जे हुन्छ जसरी चल्छ चल्छ भनेर गैरजिम्मेवारीपूर्वक सोच्यौं । अब जनमतलाई के भन्ने ? आत्मालोचना गर्नैपर्छ । जनतामाझ भन्नैपर्छ । तब मात्रै सुदृढ एमाले हुन्छ । फेरि जनमत पाउँछ ।

४ हामी रूपान्तरित हुने कि नहुने ? नेता मात्रै होइन, कार्यकर्तासम्म, कार्यकर्तामात्र होइन सिंगो संगठन, तलदेखि माथिसम्म विचार, व्यवहारमा रूपान्तरित हुने कि नहुने ? कि त्यहीँ सामन्ती सोचबाट जाने हो ? त्यसरी जाँदा गाह्रो हुन्छ । सिंगो एमाले पंक्तिलाई पहिला रूपान्तरित गरौं । विचारको राजनीति गरौं । किनभने हामी गालीगलौजको राजनीतिक गर्छौं । फेरि त्यसलाई कसरी सच्याउने ? रूपान्तरित गर्नैपर्छ । त्यसका लागि विधान अधिवेशन आइसकेको छ । महाधिवेशन कमिटी तोकिसकेको छ । मूलधारको कम्युनिस्ट एमाले नै हो । त्याग र बलिदानबाट आएको एमाले सुदृढ बन्नु, विधिसम्मत बनाउनुपर्छ । नैतिक आचारणलाई सुदृढ बनाउँदै गयौं भनेर धेरै कुरा मिलेर जान्छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  २ : ५५ बजे

जसपा नेपालले सङ्घर्षका कार्यक्रम सुरु गर्दै, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्तिप्रति यो

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला गर्दै

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला (सभा)

यू-१९ प्रिमियर कप : निरज यादवको शतकमा नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालको यू-१९ टिमले युएईमा जारी एसिसी प्रिमियर कपमा

लेभरकुसेनसँग म्याचेस्टर सिटी २-० ले पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी