'भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाको प्रगति’ विषयक पाक्षिक कार्यक्रम शुरु (फोटोफिचर) | Khabarhub Khabarhub

‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाको प्रगति’ विषयक पाक्षिक कार्यक्रम शुरु (फोटोफिचर)


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालस्थित भातरीय दूतावासले “आजादीका अमृत महोत्सव” कार्यक्रमको  शुरुवात गरेको छ । पाक्षिक रुपमा मनाउन लागिएको  ‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषायक वेबिनारसँगै मंगलबारबाट शुरु भएको हो ।

यसलाई भारतमा हिन्दी दिवसको रुपमा मनाउने गरिन्छ । वेबिनारको उद्घाटन कार्यक्रममा भारत र नेपालका ३२ जना हिन्दी भाषा विज्ञको सहभागिता रहेको थियो ।

कार्यक्रममा भारतको आगरास्थित केन्द्रीय हिन्दी संस्थानका उपाध्यक्ष अनिल शर्मा प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । यसैगरी वेबिनारमा हिन्दी भाषा विज्ञ डा विजय कुमार मलहोत्रासँगै त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका प्रमुख डा संजीता बर्मा र दिग्गज हिन्दी साहित्यकार डा राम दयाल राकेशको सहभागिता रहेको थियो ।

वेबिनारका सहभागीहरुले हिन्दी भाषाको प्रयोगलाई नेपालमा र विश्वव्यापी रुपमा कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्नेबारे आ–आफ्ना विचार प्रस्तुत गरेका थिए । संस्कृत, हिन्दी र नेपाली भाषा परिपूर्ण भएको उल्लेख गर्दै भाषा विज्ञहरुले यी भाषाहरुको सांस्कृतिक एवम् ऐतिहासिक पृष्ठभूमि एउटै भएकाले यी भाषाहरुबीच अनोन्याश्रित सम्बन्ध रहेको चर्चा गरे ।

सोही अवसरमा भारतीइ गृहमन्त्री अमित शाह र विदेशमन्त्री डा एस जयशंकरले दिएको सन्देश पनि प्रस्तुत गरिएको थियो । दूतावासमा कार्यरत भारतीय अधिकारीले “राजभाषा प्रतिज्ञा” लिई हिन्दीलाई आधिकारिक भाषाको रुपमा संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सन् १९४९ सेप्टेम्बर १४ मा भारतको संविधान सभाले हिन्दी भाषालाई भारतको आधिकारिक भाषाको रुपमा स्थापित गरेको ऐतिहासिक दिनको सम्झना गर्न प्रत्येक वर्ष भारतभर र विदेशमा हिन्दी दिवस मनाउने गरिन्छ ।

 

 

 

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ४ : २९ बजे

जलसतह बढेपछि कोशी ब्यारेजका २७ ढोका खोलिए

धरान– सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका

आजदेखि मनकामना केबलकार सञ्चालन

मुग्लिन– मनकामना केबलकारले आजदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ

नेताको रिसले सखाप पारियो सनराइज सम्मेलन कन्द्र (तस्बिरहरू)

काठमाडौँ- ललितपुरको गोदावरीस्थित देशकै सबैभन्दा ठूलो सनराइज सम्मेलन केन्द्र भदौ

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

तानसेन– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधीन सिद्धबाबा सुरुङमार्गको काम

तनहुँ प्रशासनले भोलिदेखि नागरिकतासम्बन्धी सेवा दिने

दमौली–  ‘जेन-जी’ प्रदर्शनपश्चात् अवरुद्ध बनेको नागरिकतासम्बन्धी काम बिहीबारदेखि सुरु हुने