नेकपा (एस) मा युवाको आकर्षण बढ्दै छ : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

नेकपा (एस) मा युवाको आकर्षण बढ्दै छ : अध्यक्ष नेपाल


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलमा युवा, सामाजिक क्षेत्र र अन्य दलका कार्यकर्ताको आकर्षण बढिरहेको बताएका छन् ।

प्रस्तावित समाजवादी प्रेस सङ्गठन नेपालसँग आबद्ध पत्रकारसँगको अन्तरक्रियामा उनले पार्टी जबजको मूल्यमान्यता कायम राख्दै सामाजिक न्याय, उत्पादनमा वृद्धि र समान वितरणका साथ वैज्ञानिक समाजवादको दिशातर्फ अघि बढ्ने बताए ।

उनले पार्टीमा सामाजिक चेतना वृद्धि, युवा हस्तान्तरण, विचार एवं सोचमा परिवर्तन, जनतासँग सम्बन्ध, आचरणमा सुधारमा जोड दिने कुरामा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग मतभेद बढेको बताउँदै ओलीले सङ्कटका बेलामा मात्र वार्ता र सम्झौताको कुरा गर्ने गरेको स्मरण गरे ।

आफूसँग असहमति राख्नेप्रति ओलीको असहिष्णु प्रवृत्ति रहने गरेको आरोप लगाउँदै नेता नेपालले त्यसको भण्डाफोर गर्नुपर्नेमा जोड दिए । उनले पार्टीमा तेस्रो धार भनिएकाहरु आँट र विद्रोह गर्न नसक्ने र अध्यक्षसँग गल्ने स्वभावका भनेर समेत आरोप लगाए ।

आगामी निर्वाचनसम्म पाँच दलीय मोर्चा कायमै राखिने बताउँदै उनले अध्यादेशलगायत विषयले सरकार विस्तारमा ढिलाइ भइरहेको स्वीकारे ।  वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ संयोजक तथा १५१ सदस्यीय कार्यसमिति रहने समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको जानकारी पनि सो अवसरमा दिइएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ८ : ३३ बजे

कालो ब्यानरमा ‘टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

काठमाडौं– सरकारले बजेटमा ल्याएको विद्युत् खरिदमा ‘टेक एण्डे पेु ‘लिउ

विश्व सङ्गीत दिवसमा थारू कलाकारको प्रस्तुति

काठमाडौं– राष्ट्रिय थारू कलाकारहरूले मौलिक गीतसहित प्रस्तुति दिएका छन् ।

प्रकाशमानलाई प्रभु साहको व्यंग्य- गणेशमानको बदनाम गर्नुभयो, म भए मुख छोपेर हिँड्थेँ

काठमाडौं- आमजनता पार्टीका अध्यक्ष प्रमु साहले उपप्रधान तथा सहरी विकासमन्त्री

अमेरिकी आक्रमणले इरानका आणविक स्थल ‘पूर्ण रूपमा ध्वस्त’ : ट्रम्प

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी हवाई आक्रमणले इरानका मुख्य

झम्क तिमल्सिनाको उपन्यास ‘विमुक्‍ति’ लोकार्पण

काठमाडौं– आख्यानकार झम्क तिमल्सिनाको दोस्रो उपन्यास कृति ‘विमुक्‍ति’ लोकार्पण गरिएको