नेपाल र भारतबीच तराई सडक परियोजनाको समीक्षा « Khabarhub

नेपाल र भारतबीच तराई सडक परियोजनाको समीक्षा


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल र भारतका अधिकारीले भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित तराई सडक परियोजनाको प्रगति समीक्षा गरेका छन् ।

नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरणसम्बन्धी चौथो संयुक्त परियोजना अनुगमन समितिको आज भिडियो कन्फरेन्समार्फत भएको बैठकमा प्रगति समीक्षा भएको हो ।

भारतको विदेश मन्त्रालयका उत्तर महाशाखा हेर्ने सहसचिव अनुराग श्रीवास्तव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माको सह–अध्यक्षतामा बैठकमा नेपालमा निर्माण भइरहेका तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समीक्षा भएको थियो ।

परियोजनाअन्तर्गत १४ वटा सडक ‘प्याकेज’मध्ये १३ वटा निर्माण सम्पन्न भइसकेको सन्दर्भमा प्राप्त उपलब्धिप्रति दुवै पक्षले सन्तुष्टि जनाउँदै कोभिड महामारीबाट उत्पन्न विषम परिस्थितिमा पनि परियोजना सफलताका साथ अघि बढेको र निर्माण अन्तिम चरणमा पुगेकामा खुशी व्यक्त गरेका थिए ।

बैठकमा नेपाली पक्षले भारत सरकारले नेपालमा सडक सञ्जाललगायतका पूर्वाधार विकासमा पु¥याएको निरन्तर सहयोगको सराहना गरेको थियो भने भारत सरकारले पनि दुई देशबीच सम्पर्क सञ्जाल विस्तारका निम्ति नेपाल सरकारसँग परिणाममुखी सहकार्य गर्न पाएकामा हर्ष प्रकट गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । अनुगमन समितिको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने मितिमा आयोजना गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ९ : ३६ बजे

भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा

रसुवाको भोटेकोशी नदीमा भीषण बाढी, सचेत रहन आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको छ । रसुवाका

सर्वोच्चले कांग्रेसको महाधिवेशन रोक्ने सम्भावना देख्दिनँ : उपसभापति शर्मा

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको

ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु

पर्सा– पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक

बलात्कारीको बास कहाँ छ ?

केही दिनअघि तीन वर्षकी एउटी बालिका बलात्कृत भएको समाचार आयो।