नेपाल र भारतबीच तराई सडक परियोजनाको समीक्षा | Khabarhub Khabarhub

नेपाल र भारतबीच तराई सडक परियोजनाको समीक्षा


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल र भारतका अधिकारीले भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित तराई सडक परियोजनाको प्रगति समीक्षा गरेका छन् ।

नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरणसम्बन्धी चौथो संयुक्त परियोजना अनुगमन समितिको आज भिडियो कन्फरेन्समार्फत भएको बैठकमा प्रगति समीक्षा भएको हो ।

भारतको विदेश मन्त्रालयका उत्तर महाशाखा हेर्ने सहसचिव अनुराग श्रीवास्तव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माको सह–अध्यक्षतामा बैठकमा नेपालमा निर्माण भइरहेका तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समीक्षा भएको थियो ।

परियोजनाअन्तर्गत १४ वटा सडक ‘प्याकेज’मध्ये १३ वटा निर्माण सम्पन्न भइसकेको सन्दर्भमा प्राप्त उपलब्धिप्रति दुवै पक्षले सन्तुष्टि जनाउँदै कोभिड महामारीबाट उत्पन्न विषम परिस्थितिमा पनि परियोजना सफलताका साथ अघि बढेको र निर्माण अन्तिम चरणमा पुगेकामा खुशी व्यक्त गरेका थिए ।

बैठकमा नेपाली पक्षले भारत सरकारले नेपालमा सडक सञ्जाललगायतका पूर्वाधार विकासमा पु¥याएको निरन्तर सहयोगको सराहना गरेको थियो भने भारत सरकारले पनि दुई देशबीच सम्पर्क सञ्जाल विस्तारका निम्ति नेपाल सरकारसँग परिणाममुखी सहकार्य गर्न पाएकामा हर्ष प्रकट गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । अनुगमन समितिको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने मितिमा आयोजना गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ९ : ३६ बजे

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको