दुई दिने ‘सामूहिक सत्याग्रह’का लागि डा. केसी अमेरिका प्रस्थान « Khabarhub

दुई दिने ‘सामूहिक सत्याग्रह’का लागि डा. केसी अमेरिका प्रस्थान


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डा. गोविन्द केसी ‘दुई दिने सामूहिक सत्याग्रह’को अवधारणासहित अमेरिका प्रस्थान गरेका छन् ।

विश्वमा चलेको द्वन्द र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश तथा शान्ति स्थापनाको ध्यानाकर्षणका लागि उनी विहीबार अमेरिका प्रस्थान गरेका हुन् ।

सोलिड्यारिटी फर डा. गोविन्द केसी अलायन्सले विज्ञप्ति जारी गर्दै विश्व शान्ति दिवसका अवसरमा अमेरिकामा हुने शान्तिपूर्ण प्रदर्शनमा डा. केसीको सहभागिता रहने जनाएको हो ।

यस सत्याग्रहले मावनता र मानवीय सेवाका माध्यमबाट सद्भाव बढाउँदै विश्व समूदायमा दिगो शान्ति प्राप्त गर्न सकिन्छ भन्ने विश्वास डा. केसीले लिएको विज्ञप्तिमा जनाइएको छ ।

शान्ति दिवसका अवसरमा हुने उक्त दुई दिने शान्तिपूर्ण प्रदर्शनलाई ‘सामुहिक सत्याग्रह’का रुपमा लिइएको छ ।

प्रदर्शनीमा संसारभर बढ्दै गरेको जलवायु परिवर्तन लगायत सबैका लागि स्वास्थ र शिक्षा तथा सबैका लागि कोभिड खोपका विषयमा विश्वका नेताहरुको ध्यानाकर्षण गराउने ध्येय रहेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी सबैको सामूहिक प्रयासले मात्र मानवता र हाम्रो गृहग्रह पृथ्वीलाई बस्ने ठाउँको रूपमा बचाउन सकिन्छ भन्ने सन्देश संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई दिइने छ । सेप्टेम्बर १४ देखि सुरु हुने संयुक्त राष्ट्र संघको महासभामा विश्व शान्ति दिवस सेप्टेम्बर २१ का दिन विशेष सम्बोधन हुने भएको हुँदा सो शान्तिपूर्ण प्रदर्शन गर्न लागिएको हो । ‘

नेपाल र विश्वभर छरिएर रहेका नेपालीको भावनात्मक अभिव्यक्तिको रुपमा आयोजना गर्न लागिएको सो शान्तिपूर्ण प्रदर्शनीमा सहभागी हुन अमेरिकमा रहेका सबै नेपाली समुदाय, संघसंस्था तथा व्यक्ति विशेषमा सोलिड्यारिटी फोर डा. गोविन्द केसी अलायन्स अपिल गरेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  १० : ४३ बजे

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न