तलेजुको वाहन सेतो घोडाको जात्रा सम्पन्न « Khabarhub

तलेजुको वाहन सेतो घोडाको जात्रा सम्पन्न


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ- धार्मिक तथा सांस्कृतिक महत्वको तलेजुको वाहनका रुपमा पुजिने सेतो घोडाको जात्रा गएराति सम्पन्न भएको छ ।

यो जात्रा प्रत्येक वर्ष बडादसैँ र एकादशीको मध्यरातको समयमा आयोजना गरिने परम्परा छ । जात्रामा तलेजु भवानीलाई तलेजुका मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुसार कालरात्रि पूजा, टीका साइतको पूजा विर्सजन गरेपछि सेतो घोडा जात्रा हुने परम्परा छ । जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि दिइन्छ ।

घोडालाई तलेजुको मूलचोकबाट बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट खौमा, इटाछें, भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोकका साथै माथिल्लो दरबारक्षेत्रको खिछें, चोछें, भोलाछें, थालाछें, गोलमढी, सुकुलढोका र टौमढी घुमाई जात्रा सम्पन्न गरिने गरिन्छ ।

जात्रामा दरबार स्क्वायरमा रहेको पशुपतिनाथलाई घोडानाच देखाउन तीनपटक दगुराउने गरिन्छ ।

पायःद्यो (खड्ग जात्रा) सम्पन्न

भक्तपुरको तलेजुमा बडादसैँको मध्यरातमा मनाइने पायःद्यो (खड्ग) जात्रा गए राति सम्पन्न भएको छ । तलेजु भवानीको साक्षात्रुप मानिने पायःद्योलाई रातो कपडाले बेराएर युद्ध कवच पहिर्‍याएर जात्रा मनाइने गरिन्छ ।

बडादसैँको राति तलेजुको आँगनको खँकुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र, शस्त्र, अस्त्रसहित तलेजुको प्रतीरुप पायः द्यो तलेजुका मूल आचाजु र पुरोहितले राजोपाद्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुन्छ ।

जात्रामा राजोपाध्यायले पायःद्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेकोचोक पुर्‍यायाएपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिइन्छ । जात्रा चन्द्रमासको तिथि र गतिका आधारमा आयोजना गरिन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ९ : ५० बजे

माटोमुनिबाट बालिका रोएको आवाज आएपछ उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका