अफगानिस्तानको मस्जिदमा विस्फोट : मृतक संख्या ४० पुग्यो « Khabarhub

अफगानिस्तानको मस्जिदमा विस्फोट : मृतक संख्या ४० पुग्यो


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको दक्षिणी सहर कान्दहारको एउटा मस्जिदमा भएका बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ४० पुगेको छ । कन्दाहरको सिते मस्जिदमा भएको सो बिस्फोटमा ६८ जना घाइते भएका छन् ।

शुक्रबार मस्जिदमा गराइएका बिस्फोटहरु आत्मघाती भएको तालिवान अधिकारीहरुले बताएका छन् । घाइतेहरुको अवस्था गम्भिर रहेकोले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

मस्जिदको मुख्य ढोकामा, मस्जिदको दक्षिण भागमा र प्रार्थनपछि हात धुने स्थलमा गरी तीन ओटा बिस्फोट भएको साँक्षीको भनाई उदृत गर्दै अफगान सञ्चार माध्यमहरुले जनाएका छन् ।

दोषीलाई कारबाही गरिने तालिवान सरकारका गृहमन्त्री क्वारी सइद खोस्तीले बताएका छन् । प्रार्थनको समयमा बिस्फोट गराइएको थियो । बिस्फोटनको कारण केही खुलेको छैन् । त्यस्तै, बिस्फोटको जिम्मा पनि कुनै समूहले लिएको छैन।

 

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १० : ०५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको