१०५ वर्षीय बृद्ध दम्पतीले लगाइदिए दशैँको टिका « Khabarhub

१०५ वर्षीय बृद्ध दम्पतीले लगाइदिए दशैँको टिका


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- आज विजया दशमीको दोस्रो दिन । हिन्दु धर्मावलम्बीहरुले आज पनि दशैँ हर्षोल्लासका साथ मनाइरहेका छन् । चितवनमा १०५ वर्षीय बृद्ध र ९८ वर्षीय बृद्धाले आफन्तहरुलाई टिका लगाइदिएका छन् ।

भरतपुर महानगरपालिका–१० हाकिमचोकका १०५ वर्षीय टिकाराम ढकाल र ९८ वर्षीय रेवती ढकालले आफ्ना परिवारका आफन्तहरुलाई दशैँको टिका लगाएर आर्शिवाद दिएका छन् । उनीहरुका सात छोरा र एक छोरी छन् । उमेरले शताब्दी नाघेका बुबा र शताब्दी छुन लागेकी आमाको हातबाट दशैँको टिका लगाउन पाउँदा असाध्यै खुसी लागेको ठूलो कान्छा छोरा ईश्वरी ढकाल बताउँछन् ।

ज्येष्ठ नागरिकहरु भनेका अनुभवका खानी हुन् । दशैँको प्रमुख विशेषता भनेकै आफु भन्दा मान्यजनबाट टिका ग्रहण गर्ने र आर्शिवाद लिने हो

‘१०५ वर्षसम्म पनि उहाँको सेवा गर्दै उहाँहरुको काखमा बस्न पायौँ । रमाउन पायौँ । त्यो नै ठूलो कुरा हो’, ईश्वरी भन्छन्, ‘उहाँहरुलाई सेवा गर्दै गर्दा समाजले पनि धेरै प्रेरणा लिन पाएको छ भन्ने अनुभूति गरेको छु ।’ नेपालमा बृद्ध बाबुआमालाई तिरस्कार गर्ने प्रवृत्ति रहेको भन्दै उनले त्यस्ता व्यक्तिले आफ्नो परिवारबाट पाठ सिक्न सक्ने बताए ।

बृद्ध दम्पत्ती ईश्वरी ढकालसँग हाकिमचोकमा आफ्नै घरमा बस्दै आएका छन् । ईश्वरी भने माडी नगरपालिका–२ का वडाध्यक्ष हुन् । उनी कहिलेकाँही भरतपुर आउँछन् । अन्य छोराहरु चितवनलगायत विभिन्न जिल्लामा बस्दै आएका छन् ।

टिकारामले मान्छेलाई देख्ने बित्तिकै चिन्न भने सक्दैनन् । ‘एकछिन घोरिएर हेरेपछि बल्ल चिन्नुहुन्छ । नाम नभनेपनि फलानोको छोरो वा छोरी भन्नुहुन्छ’, ईश्वरी भन्छन्, ‘बिहान ४ बजे उठेर नुहाई धुवाई आफै गर्नुहुन्छ । खाना पनि आफै खानुहुन्छ ।’ रेवती भने क्यान्सरबाट ग्रस्त भएकी छन् । उनले नियमित रुपमा क्यान्सरको औषधी खाने गर्छिन् ।

उमेरले डाँडो नाघेका बृद्धा बुबाआमाको हातबाट दशैँको टिका लगाउन पाउँदा साक्षत भगवानसँग आर्शिवाद लिएको अनुभव भएको नवराज ढकालले बताए । नाताले ठूलो बुबा र ठूली आमा पर्ने बृद्ध दम्पतीबाट टिका लगाएका नवराजले भने–‘१०५ वर्षीय बुबा र ९८ वर्षीय आमाको हातबाट टिका ग्रहण गर्न पाउँदा स्वर्गीय सुखको अनुभुती भएको छ ।’

गत वर्ष कोरोनाका कारण उनले टिका लगाउन पाएनन् । ‘शताब्दी पुरुषसँग दशैँको टिका लगाएर आर्शिवाद लिन पाउने जो कोहीको नसिव हुँदैन’, उनी भन्छन्, ‘असाध्यै खुसी छु । अझ धेरै वर्षसम्म संगै हुने चाहना छ ।’ नवराज देवघाट क्षेत्र विकास समितिको सञ्चालक समितिको सदस्य पनि हुन् । छोराछोरीको अवहेलनामा परेका बृद्धा बुबा आमाहरुलाई समितिले देवघाटमा आश्रय पनि दिइरहेको छ ।

त्रेता युगमा आजकै दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष महत्वका साथ मनाइन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  २ : ०० बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी