१०५ वर्षीय बृद्ध दम्पतीले लगाइदिए दशैँको टिका « Khabarhub

१०५ वर्षीय बृद्ध दम्पतीले लगाइदिए दशैँको टिका


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- आज विजया दशमीको दोस्रो दिन । हिन्दु धर्मावलम्बीहरुले आज पनि दशैँ हर्षोल्लासका साथ मनाइरहेका छन् । चितवनमा १०५ वर्षीय बृद्ध र ९८ वर्षीय बृद्धाले आफन्तहरुलाई टिका लगाइदिएका छन् ।

भरतपुर महानगरपालिका–१० हाकिमचोकका १०५ वर्षीय टिकाराम ढकाल र ९८ वर्षीय रेवती ढकालले आफ्ना परिवारका आफन्तहरुलाई दशैँको टिका लगाएर आर्शिवाद दिएका छन् । उनीहरुका सात छोरा र एक छोरी छन् । उमेरले शताब्दी नाघेका बुबा र शताब्दी छुन लागेकी आमाको हातबाट दशैँको टिका लगाउन पाउँदा असाध्यै खुसी लागेको ठूलो कान्छा छोरा ईश्वरी ढकाल बताउँछन् ।

ज्येष्ठ नागरिकहरु भनेका अनुभवका खानी हुन् । दशैँको प्रमुख विशेषता भनेकै आफु भन्दा मान्यजनबाट टिका ग्रहण गर्ने र आर्शिवाद लिने हो

‘१०५ वर्षसम्म पनि उहाँको सेवा गर्दै उहाँहरुको काखमा बस्न पायौँ । रमाउन पायौँ । त्यो नै ठूलो कुरा हो’, ईश्वरी भन्छन्, ‘उहाँहरुलाई सेवा गर्दै गर्दा समाजले पनि धेरै प्रेरणा लिन पाएको छ भन्ने अनुभूति गरेको छु ।’ नेपालमा बृद्ध बाबुआमालाई तिरस्कार गर्ने प्रवृत्ति रहेको भन्दै उनले त्यस्ता व्यक्तिले आफ्नो परिवारबाट पाठ सिक्न सक्ने बताए ।

बृद्ध दम्पत्ती ईश्वरी ढकालसँग हाकिमचोकमा आफ्नै घरमा बस्दै आएका छन् । ईश्वरी भने माडी नगरपालिका–२ का वडाध्यक्ष हुन् । उनी कहिलेकाँही भरतपुर आउँछन् । अन्य छोराहरु चितवनलगायत विभिन्न जिल्लामा बस्दै आएका छन् ।

टिकारामले मान्छेलाई देख्ने बित्तिकै चिन्न भने सक्दैनन् । ‘एकछिन घोरिएर हेरेपछि बल्ल चिन्नुहुन्छ । नाम नभनेपनि फलानोको छोरो वा छोरी भन्नुहुन्छ’, ईश्वरी भन्छन्, ‘बिहान ४ बजे उठेर नुहाई धुवाई आफै गर्नुहुन्छ । खाना पनि आफै खानुहुन्छ ।’ रेवती भने क्यान्सरबाट ग्रस्त भएकी छन् । उनले नियमित रुपमा क्यान्सरको औषधी खाने गर्छिन् ।

उमेरले डाँडो नाघेका बृद्धा बुबाआमाको हातबाट दशैँको टिका लगाउन पाउँदा साक्षत भगवानसँग आर्शिवाद लिएको अनुभव भएको नवराज ढकालले बताए । नाताले ठूलो बुबा र ठूली आमा पर्ने बृद्ध दम्पतीबाट टिका लगाएका नवराजले भने–‘१०५ वर्षीय बुबा र ९८ वर्षीय आमाको हातबाट टिका ग्रहण गर्न पाउँदा स्वर्गीय सुखको अनुभुती भएको छ ।’

गत वर्ष कोरोनाका कारण उनले टिका लगाउन पाएनन् । ‘शताब्दी पुरुषसँग दशैँको टिका लगाएर आर्शिवाद लिन पाउने जो कोहीको नसिव हुँदैन’, उनी भन्छन्, ‘असाध्यै खुसी छु । अझ धेरै वर्षसम्म संगै हुने चाहना छ ।’ नवराज देवघाट क्षेत्र विकास समितिको सञ्चालक समितिको सदस्य पनि हुन् । छोराछोरीको अवहेलनामा परेका बृद्धा बुबा आमाहरुलाई समितिले देवघाटमा आश्रय पनि दिइरहेको छ ।

त्रेता युगमा आजकै दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष महत्वका साथ मनाइन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  २ : ०० बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी