बैतडीमा एकजना भारतीय पुरुष मृत फेला « Khabarhub

बैतडीमा एकजना भारतीय पुरुष मृत फेला


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा एकजना भारतीय पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा पिथौरागढ जिल्ला ग्राम पञ्चायत पिपलिका ४१ वर्षीय सञ्जय ज्याला रहेका छन् । ज्याला शुक्रबार भारतको हंसेश्वरमा कार दुर्घटना हुँदा बेपत्ता भएका थिए ।

उनको शव शनिबार बिहान बैतडीको दशरथचन्द नगरपालिका १० तिर खडेनी स्थित महाकाली नदि किनारमा भेटिएको हो । मृतक ज्यालाको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखिएको छ । शवको सनाखत गरी भारत पठाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी मृतकका आफन्तलाई खबर गरिसकेकाले आफन्त आएपछि मृतकको शव भारतमै पठाउने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । शवको पोष्टमार्टमसमेत भारतमै गरिने उनले बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  २ : ५० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह