साथी मार्टको ‘ब्राण्ड एम्बेसडर’ बने राजेश हमाल « Khabarhub

साथी मार्टको ‘ब्राण्ड एम्बेसडर’ बने राजेश हमाल


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका विभिन्न स्थानमा ८५ भन्दा बढी आउटलेट विस्तार गरिसकेको ‘साथी मार्ट’ ले अभिनेता राजेश हमाललाई ‘ब्रान्ड एम्बेसडर’का रुपमा नियुक्त गरेको छ । बिहीवार राजधानीमा एक कार्यक्रम बीच ‘साथी मार्ट’ का संस्थापक तथा सिईओ सागर पोखरेल र हमालले सम्झौतापत्रमा हस्ताक्षर गरे । यो सम्झौतासँगै अब हमालले विभिन्न माध्यमबाट ‘साथी मार्ट’ को प्रचारप्रसार गर्नेछन् ।

मार्टका सिइओ पोखरेलले हमालका कारण ‘साथी मार्ट’ को ब्रान्डिङ गर्न थप सहयोग पुग्ने बताए । ‘रिटेल व्यवसायको एउटा ब्रान्डले फिल्म क्षेत्रको एउटा ब्रान्डससँग सहकार्य गर्न पाउनु खुसीको कुरा हो । नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको रिटेल व्यवसायको बजार छ भन्ने सन्देश दिनका लागि पनि उहाँ राजेश हमालको माध्यमबाट ठूलो सहयोग पुग्छ भन्ने हामीले विश्वास लिएका छौं,’ उनले भने ।

अभिनेता हमालले सार्वजनिक व्यक्ति भएपछि कुनै उत्पादन र कम्पनीमा जोडिँदा त्यसको विश्वसनियता र उद्देश्य के हो भन्ने कुराले महत्व राख्ने बताए ।

काठमाण्डौमा मात्र मार्ट सफल हुन सक्छ भन्ने परम्परालाई हटाउँदै ‘साथी मार्ट’ सुरुवातको १६ महिनामा सातै प्रदेशका शहरमा सात दर्जन बढी आउटलेट सञ्चालन गर्दै झापाको काकडभिट्टादेखि दोलखाको जिरीसम्म पुगिसकेको छ । सिइओ पोखरेलले आगामी तीन वर्षभित्र एक हजार आउटलेट खोल्ने लक्ष्य राखेको मार्टले ‘मेड इन नेपाल’ कलेक्सनलाई जोड दिएको बताए ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ४ : ५० बजे

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स