‘मिस वर्ल्ड’मा कोरोना कहर « Khabarhub

‘मिस वर्ल्ड’मा कोरोना कहर


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुर्तोरिको(अमर उजाला)– सन् २०२१ को ‘मिस युनिभर्स’ पछि अब सबैको ध्यान ‘मिस वर्ल्ड’ तिर गएको छ । यो विश्वप्रतिष्ठित सौन्दर्य प्रतियोगिताको सबै तयारी सुरु भइसकेको छ । यसपटक प्रतियोगिता डिसेम्बर १७ मा पुर्तो रिकोको सेन जुआनमा हुँदैछ । तर यो प्रतियोगितामा कोरोना भाइरसको बादल मडारिएको छ ।

प्रतियोगितामा सहभागीे १७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा प्रतिभाशाली सुन्दरीहरु छन् । यद्यपि हालसम्म ‘मिस वर्ल्ड २०२१’मा सहभागी कति प्रतियोगी भाइरसको चपेटामा परे भन्ने कसैले बताउन चाहेको छैन ।

पुर्तो रिकोका स्वास्थ्य अधिकारीहरुले कोरोना संक्रमणको पुष्टि गरेका छन् । उनीहरुका अनुसार प्रतियोगितामा सहभागी १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । आयोजकले सातजनालाई आइसोलेट गरिसकेका छन् ।

पुर्तो रिकोका स्वास्थ्य विभाग प्रवक्ता लिसडियन एसीभीडोले संक्रमितको संख्या बढ्दै गएको बताए । उनका अनुसार सबै संक्रमितलाई कोभिड खोप लगाइएको छ ।

‘मिस वर्ल्ड’की अध्यक्ष जुलिया मार्लेले कोरोनाकै कारण कोही प्रतियोगी प्रतियोगितामा सहभागी हुन नसके पनि उनीहरु ताज जित्न योग्य हुने बताइन् । प्रतियोगिताका निर्णायक मण्डल अन्तिम निर्णय लिनु अघि पहिले नै रेकर्ड गरिएको भिडियो सामाग्रीको समीक्षा गर्नेछन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ८ : ५४ बजे

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको