ओमानमा कोरोना खोपको दोस्रो डोज सुरू हुँदै « Khabarhub

ओमानमा कोरोना खोपको दोस्रो डोज सुरू हुँदै


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- ओमानले फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपको दोश्रो डोज आज सुरु गर्दैछ ।

ओमानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्ध खोपको लागि राष्ट्रिय अभियानको कार्यान्वयनको तालिका अनुरूप खोपको दोस्रो डोज आइतबार सुरु हुने जनाएको छ । पहिलो डोज प्राप्त गर्ने सबैलाई दोस्रो डोज दिइने पनि जनाइएको छ ।

खोप सुरु भएदेखि जनवरी १५ तारिख सम्ममा २४ हजार २०४ जनाले पहिलो डोज लिइसकेको मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ विरूद्धको राष्ट्रिय अभियानको अन्तिम हप्ताहरूमा गरिएका प्रयासहरू र उल्लेखनीय समुदायको प्रतिक्रियाको स्वास्थ्य मन्त्रालयको सह्राना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सबैको ठोस प्रयासलाई निरन्तरता दिन, व्यक्ति र समाजलाई रोकथाम प्रदान गर्ने लक्ष्य हासिल गर्न यस अभियानलाई सफल बनाउन कडा परिश्रम गरिरहनुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।

ओमानमा नेपालीसहित बिदेशी श्रमिकहरुले पनि यो खोप निःशुल्क रुपमा प्राप्त गरिरहेका छन् ।

 

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ९ : ०५ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको