ओमानमा कोरोना खोपको दोस्रो डोज सुरू हुँदै « Khabarhub

ओमानमा कोरोना खोपको दोस्रो डोज सुरू हुँदै


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- ओमानले फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपको दोश्रो डोज आज सुरु गर्दैछ ।

ओमानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्ध खोपको लागि राष्ट्रिय अभियानको कार्यान्वयनको तालिका अनुरूप खोपको दोस्रो डोज आइतबार सुरु हुने जनाएको छ । पहिलो डोज प्राप्त गर्ने सबैलाई दोस्रो डोज दिइने पनि जनाइएको छ ।

खोप सुरु भएदेखि जनवरी १५ तारिख सम्ममा २४ हजार २०४ जनाले पहिलो डोज लिइसकेको मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ विरूद्धको राष्ट्रिय अभियानको अन्तिम हप्ताहरूमा गरिएका प्रयासहरू र उल्लेखनीय समुदायको प्रतिक्रियाको स्वास्थ्य मन्त्रालयको सह्राना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सबैको ठोस प्रयासलाई निरन्तरता दिन, व्यक्ति र समाजलाई रोकथाम प्रदान गर्ने लक्ष्य हासिल गर्न यस अभियानलाई सफल बनाउन कडा परिश्रम गरिरहनुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।

ओमानमा नेपालीसहित बिदेशी श्रमिकहरुले पनि यो खोप निःशुल्क रुपमा प्राप्त गरिरहेका छन् ।

 

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ९ : ०५ बजे

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

गण्डकी– पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

कोलम्बो- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा

मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा