इन्डोनेशियाको माउन्ट सेमरुमा शक्तिशाली ज्वालामुखी बिस्फोट « Khabarhub

इन्डोनेशियाको माउन्ट सेमरुमा शक्तिशाली ज्वालामुखी बिस्फोट


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डोनेशियाको माउन्ट सेमरुमा शक्तिशाली ज्वालामुखी बिस्फोट भएको छ। ज्वालामुखीबाट निस्किएको खरानी तथा धुवाँ ५.६ किलोमिटर परसम्म पुगेको छ।

जनघनत्व अत्याधिक रहेको जाभा आइल्याण्डको आकाशमा खरानी तथा धुवाँ फैलिएको छ।

अहिलेसम्म माउन्ट सेमरु आसपास क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान भनिएको छैन।

यस्तै अहिलेसम्म ज्वालामुखीका कारण कोही घाइते भएको वा कसैको ज्यान गएको थाहा नभएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

राष्ट्रिय विपद न्यूनिकरण एजेन्सी (एनडिएमए) ले पहाडको भिरालो क्षेत्रमा बसोबास गरेका गाउँलेहरुलाई सक्रिय अवस्थामा रहेको ज्वालामुखीलाई लिएर सचेत रहन भनेको छ।

स्थानीय समय अनुसार शनिबार बेलुका पाँच बजेर २४ मिनेट जाँदा माउन्ट सेमरुमा ज्वालामुखी बिस्फोट भएको हो।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १ : ३० बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती