इन्डोनेशियाको माउन्ट सेमरुमा शक्तिशाली ज्वालामुखी बिस्फोट « Khabarhub

इन्डोनेशियाको माउन्ट सेमरुमा शक्तिशाली ज्वालामुखी बिस्फोट


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डोनेशियाको माउन्ट सेमरुमा शक्तिशाली ज्वालामुखी बिस्फोट भएको छ। ज्वालामुखीबाट निस्किएको खरानी तथा धुवाँ ५.६ किलोमिटर परसम्म पुगेको छ।

जनघनत्व अत्याधिक रहेको जाभा आइल्याण्डको आकाशमा खरानी तथा धुवाँ फैलिएको छ।

अहिलेसम्म माउन्ट सेमरु आसपास क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान भनिएको छैन।

यस्तै अहिलेसम्म ज्वालामुखीका कारण कोही घाइते भएको वा कसैको ज्यान गएको थाहा नभएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

राष्ट्रिय विपद न्यूनिकरण एजेन्सी (एनडिएमए) ले पहाडको भिरालो क्षेत्रमा बसोबास गरेका गाउँलेहरुलाई सक्रिय अवस्थामा रहेको ज्वालामुखीलाई लिएर सचेत रहन भनेको छ।

स्थानीय समय अनुसार शनिबार बेलुका पाँच बजेर २४ मिनेट जाँदा माउन्ट सेमरुमा ज्वालामुखी बिस्फोट भएको हो।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १ : ३० बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु