परमवीर किन्न सलमानको एक करोड « Khabarhub

परमवीर किन्न सलमानको एक करोड


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–विश्वभरका मानिसहरु बलिउड स्टार सलमान खानका लागि फिदा हुन्छन् । तर यी अभिनेता भने ‘परमवीर’ नामको घोडाका लागि फिदा बनेका छन् ।

उनले यो घोडालाई यती धेरै मनपराएका छन् कि जुनसुकै हालतमा पनि घोडालाई आफ्नो बनाउन चाहेका छन् । तर उनको चाहनामा घोडा मालिक भिलेन बनेका छन् । यति हुँदा हुँदै पनि सलमान समझदारीको प्रयासमा छन् ।

यो समयमा भारतको पञ्जाबस्थित फरीदकोट जिल्लामा ‘हर्स ब्रीडर्स प्रतियोगिता’ सञ्चालन भइरहेको छ । यो प्रतियोगितामा भैसंडा स्टड फार्म अहदाबाद(गुजरात)बाट रञ्जीत सिंह राठौरले दुई घोडा लिएर आएका छन् । तीमध्ये एक ‘परमवीर’ एक हो ।

यो घोडाको मूल्य एक करोड रुपैंयाँ छ । सलमान यही मूल्यमा घोडा किन्न तयार छन् । सलमानको टीमले रञ्जीतलाई एक करोडको अफर गरे पनि उनले परमवीर बेच्न अस्वीकार गरेका छन् ।

परमवीर मारवाडी नस्लको कालो रंगको छ । यसको उचाइ ६५ इञ्च भन्दा बढी छ । गत वर्ष रिलायन्स ग्रुपले परमवीरको मूल्य एक करोड लगाएको थियो ।

यो घोडाको डाइटमा दैनिक औसत दुई हजार रुपैंयाँ खर्च हुन्छ । अहमदाबादबाट फरीदकोट आउनका लागि घोडालाई २६ घण्टा लागेको थियो ।
–एजेन्सी

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १२ : २५ बजे

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब