वर्ष दिनपछि सार्वजनिक कार्यक्रममा देखिइन् उत्तरकोरियाली नेता उनकी श्रीमती « Khabarhub

वर्ष दिनपछि सार्वजनिक कार्यक्रममा देखिइन् उत्तरकोरियाली नेता उनकी श्रीमती


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तर कोरियाका नेता किम जोङ उनकी श्रीमती एक वर्षभन्दा लामो समयपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएकी छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार रि सोल जु श्रीमान् किमसँगै मंगलबार एक कार्यक्रममा उपस्थित भएकी हुन् ।

किमका स्वर्गीय पिता तथा उत्तर कोरियाका पूर्व नेता किम जोङ इलको जन्मोत्सव कार्यक्रममा किमकी श्रीमती रि देखिएकी हुन् । लामो समय रि सार्वजनिक रुपमा नदेखिदा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न शंका व्यक्त गरिँदै आइएको थियो ।

महत्वपूर्ण कार्यक्रमहरुमा नेता किमसँगै देखिने गरेकी रि गत वर्षको जनवरी यतादेखि सार्वजनिक रुपमा देखिएकी थिइनन् ।

रि को उपस्थितिले उनीमाथि गरिएको गर्भावस्था वा स्वास्थ्य अवस्थाको शंकालाई टारिदिएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर विभागले भने कोरोना महामारीका कारण रि सार्वजनिक कार्यक्रममा नदेखिएको बताएको छ । साथै, आफ्ना बालबच्चासँग समय बिताउनका लागि पनि बाहिर नदेखिएको बताइएको छ ।

उत्तर कोरियाका अधिकारीहरुले अहिलेसम्म देशभित्र कोरोना भाइरस संक्रमण कसैलाई पनि नदेखिएको दावी गर्दै आएका छन् । तर विज्ञहरुले भने यसलाई असम्भव भनेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १२ : ३१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु