वर्ष दिनपछि सार्वजनिक कार्यक्रममा देखिइन् उत्तरकोरियाली नेता उनकी श्रीमती « Khabarhub

वर्ष दिनपछि सार्वजनिक कार्यक्रममा देखिइन् उत्तरकोरियाली नेता उनकी श्रीमती


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तर कोरियाका नेता किम जोङ उनकी श्रीमती एक वर्षभन्दा लामो समयपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएकी छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार रि सोल जु श्रीमान् किमसँगै मंगलबार एक कार्यक्रममा उपस्थित भएकी हुन् ।

किमका स्वर्गीय पिता तथा उत्तर कोरियाका पूर्व नेता किम जोङ इलको जन्मोत्सव कार्यक्रममा किमकी श्रीमती रि देखिएकी हुन् । लामो समय रि सार्वजनिक रुपमा नदेखिदा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न शंका व्यक्त गरिँदै आइएको थियो ।

महत्वपूर्ण कार्यक्रमहरुमा नेता किमसँगै देखिने गरेकी रि गत वर्षको जनवरी यतादेखि सार्वजनिक रुपमा देखिएकी थिइनन् ।

रि को उपस्थितिले उनीमाथि गरिएको गर्भावस्था वा स्वास्थ्य अवस्थाको शंकालाई टारिदिएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर विभागले भने कोरोना महामारीका कारण रि सार्वजनिक कार्यक्रममा नदेखिएको बताएको छ । साथै, आफ्ना बालबच्चासँग समय बिताउनका लागि पनि बाहिर नदेखिएको बताइएको छ ।

उत्तर कोरियाका अधिकारीहरुले अहिलेसम्म देशभित्र कोरोना भाइरस संक्रमण कसैलाई पनि नदेखिएको दावी गर्दै आएका छन् । तर विज्ञहरुले भने यसलाई असम्भव भनेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १२ : ३१ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको