मिक्लाजुङका शिक्षक श्रेष्ठको हत्या आरोपी विक जेल चलान « Khabarhub

मिक्लाजुङका शिक्षक श्रेष्ठको हत्या आरोपी विक जेल चलान


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका नेकपा नेत्रविक्रम चन्द समूहका मोरङ इञ्चार्ज धनबहादुर विकलाई हातहतियार तथा खरखजाना मुद्दामा बुधबार जेल चलान गरिएको छ ।

जिल्ला अदालत मोरङले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेपछि मोरङ कारागार चलान गरिएको हो ।

जिल्ला अदालत मोरङकी न्यायाधीश दुर्गा खड्काको इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो ।

संखुवासभाको मादी नगरपालिका ४ ओखरबोटेका विकलाई बूढीगंगा गाउँपालिका ४ मा माघ ७ गते उद्योगी व्यवसायीलाई धम्क्याउँदै चन्दा असुलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी मोरङले पक्राउ गरेको थियो ।

गत मंसिर २३ गते शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा घरदेखि ५ सय मिटरस्थित बर्खेको जंगलमा शव भेटिएको थियो ।

हत्यापछि नेकपा चन्द समूहले विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको थियो ।

यो पनि पढौँ

विप्लव समूहका मोरङ इञ्चार्ज पक्राउ, मिक्लाजुङका शिक्षक श्रेष्ठको हत्याको अभियोग 

शिक्षक श्रेष्ठ ‘हत्या’बारे विप्लव नेकपाले भन्यो : प्रतिकारका क्रममा ज्यान गयो 

 

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ९ : ११ बजे

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर– करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा

रास्वपा महाधिवेशन : थप शक्तिशाली बन्दै रवि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन यही