एक प्रेरक प्रसंग ‘नयाँ सङ्कल्प’ « Khabarhub

एक प्रेरक प्रसंग ‘नयाँ सङ्कल्प’


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन्त अबु हसनकोमा एक व्यक्ति आयो र भन्यो— ‘महाराज, म गृहस्थीको झन्झटबाट चिन्तित छु । पत्नी र केटाकेटीले मैले भनेको मानदैनन् । दुःखी भएर सन्यास लिन चाहन्छु । तपाईं महान हुनुहुन्छ । तपाईंले लगाएको कपडा मलाई दिनुहोस् । त्यसलाई लगाएर म पनि साधु बन्नेछु ।’

अबु हसनले मुस्कुराएर भने— ‘के कुनै महिला पुरुषको कपडा लगाएर पुरुष वा महिलाको कपडा लगाएर महिला बन्न सक्छ ?’

‘बन्न सक्तैन ।’

‘अनि तिमीचाहिँ मेरो कपडा लगाएर साधु कसरी बन्न सक्छौ ? साधु बन्नको लागि कपडा बदल्न आवश्यक छैन । आफ्नो स्वभाव बदल्नुपर्छ । आफ्नो स्वभाव बदल । गृहस्थीलाई झञ्झट मान्न छोडिदेऊ ।’

सन्त अबु हसनको कुरा सुनेर त्यो व्यक्ति क्रोध र झञ्झट त्याग्ने सङ्कल्प लिएर आफ्नो गृहस्थी जीवनमा फर्क्यो ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ६ : ३५ बजे

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

रसुवा– यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ