एक प्रेरक प्रसंग ‘नयाँ सङ्कल्प’ « Khabarhub

एक प्रेरक प्रसंग ‘नयाँ सङ्कल्प’


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन्त अबु हसनकोमा एक व्यक्ति आयो र भन्यो— ‘महाराज, म गृहस्थीको झन्झटबाट चिन्तित छु । पत्नी र केटाकेटीले मैले भनेको मानदैनन् । दुःखी भएर सन्यास लिन चाहन्छु । तपाईं महान हुनुहुन्छ । तपाईंले लगाएको कपडा मलाई दिनुहोस् । त्यसलाई लगाएर म पनि साधु बन्नेछु ।’

अबु हसनले मुस्कुराएर भने— ‘के कुनै महिला पुरुषको कपडा लगाएर पुरुष वा महिलाको कपडा लगाएर महिला बन्न सक्छ ?’

‘बन्न सक्तैन ।’

‘अनि तिमीचाहिँ मेरो कपडा लगाएर साधु कसरी बन्न सक्छौ ? साधु बन्नको लागि कपडा बदल्न आवश्यक छैन । आफ्नो स्वभाव बदल्नुपर्छ । आफ्नो स्वभाव बदल । गृहस्थीलाई झञ्झट मान्न छोडिदेऊ ।’

सन्त अबु हसनको कुरा सुनेर त्यो व्यक्ति क्रोध र झञ्झट त्याग्ने सङ्कल्प लिएर आफ्नो गृहस्थी जीवनमा फर्क्यो ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ६ : ३५ बजे

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फर्छ्योट

जुम्ला–उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव