अवार्डमा सेलिब्रेटीको अनौठा फेसन « Khabarhub

अवार्डमा सेलिब्रेटीको अनौठा फेसन


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– सेलिब्रेटीको फेसन सेन्समा मानिसहरुको नजर जहिल्यै परिरहेको हुन्छ । जब अवार्डको कुरा आउछ, उनीहरुको विशेष डिजाइनवाला पहिरनले सबैको ध्यानाकृष्ट गराउछ ।

अवार्ड समारोहमा हलिउडदेखि बलिउडसम्मका स्टारहरुको फेसन शैली जहिल्यै चासोको विषय रहिरहन्छ । यो चासो किन पनि हुन्छ भने उनीहरुको फेसन शैली नै अनौठो किसिमको हुन्छ । आजतकले यस्तै फेसन शैली सम्बन्धी समाचार प्रकाशन गरेको छ ।

गत मार्च १४ मा लसएञ्जल्सको कन्भेन्सन सेन्टरमा आयोजना गरिएको ‘ग्रामी अवार्ड’मा गायिका फीबी ब्रीजर्सको स्केलेटन गाउनले सबैको ध्यान दिच्यो । कालो गाउनमा उपस्थित फीबीको पहिरनमा मानव कंकालको चित्र कोरिएको थियो ।

बीजोर्कले सन् २००१ को ओस्कारमा अनौठो आउटफिट लगाएकी थिइन् । उनले सेतो रंगको स्वान गाउन लगाएकी थिइन् । उनको यो आउटफिटलाई मनोरञ्जन उद्योगको सबैभन्दा खराब फेसन भनिएको थियो ।

जेनेली मोनेइले सन् २०१९ को ‘मेट गाला’मा ‘क्याम्प नोट्स अन फेसन’ थिममा ‘ह्याट अन ह्याट’ लुक जारी गरेकी थिइन् । पिंक–व्हाइट र ब्ल्याक कलरको मिश्रण रहेको यो आउटफिटका साथ जेनेलीले आई शेप क्लचको प्रयोग गरेकी थिइन् ।

बलिउड अभिनेत्री प्रियंका चोपडाको फेसन पनि जहिल्यै चर्चामा आउँछ । ‘मेट गाला २०१९’मा प्रियंकाको लुक्सले निकै चर्चा पायो ।

उनले सिल्भर क्रिस–क्रस डिटेलिङवाला शियर बाडसि, स्कर्ट र ट्रेलिङ क्याप लगाएकी थिइन् ।

एजरा मिलरले पनि सन् २०१९ को ‘मेट गाला’मा डायमण्ड कोर्सेटवाला कालो स्ट्राप्इप्ड आउटफिट लगाएकी थिइन् । उनले यो पहिरनसँगै सात आँखावाला लुक्स लगाएकी थिइन् ।

अभिनेत्री दीपिका पादुकोणले ‘कान्स २०१९’मा यस्तै एउटा आउटफिट लगाएर उपस्थित जनाइन् । हरियो रंगको गाउनको तस्वीर सामाजिक सञ्जालमा आएपछि भाइरल भएको थियो ।

कार्डी बीले सन् २०१९ को ‘मेट गाला’मा मरुन कलरको ठूलो गाउन लगाएकी थिइन् । शिरदेखि पाउसम्म लगाएको उनको गाउनमा ३ मिलियन प्वाँखको प्रयोग गरिएको थियो ।

लेडी गागाले सन् २०१० मा ‘एमटीभी भिडियो म्यूजिक अवार्ड’मा वास्तविक गाईको मासुले बनाएको मीट ड्रेस लगाएकी थिइन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १ : ३० बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर