अवार्डमा सेलिब्रेटीको अनौठा फेसन « Khabarhub

अवार्डमा सेलिब्रेटीको अनौठा फेसन


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– सेलिब्रेटीको फेसन सेन्समा मानिसहरुको नजर जहिल्यै परिरहेको हुन्छ । जब अवार्डको कुरा आउछ, उनीहरुको विशेष डिजाइनवाला पहिरनले सबैको ध्यानाकृष्ट गराउछ ।

अवार्ड समारोहमा हलिउडदेखि बलिउडसम्मका स्टारहरुको फेसन शैली जहिल्यै चासोको विषय रहिरहन्छ । यो चासो किन पनि हुन्छ भने उनीहरुको फेसन शैली नै अनौठो किसिमको हुन्छ । आजतकले यस्तै फेसन शैली सम्बन्धी समाचार प्रकाशन गरेको छ ।

गत मार्च १४ मा लसएञ्जल्सको कन्भेन्सन सेन्टरमा आयोजना गरिएको ‘ग्रामी अवार्ड’मा गायिका फीबी ब्रीजर्सको स्केलेटन गाउनले सबैको ध्यान दिच्यो । कालो गाउनमा उपस्थित फीबीको पहिरनमा मानव कंकालको चित्र कोरिएको थियो ।

बीजोर्कले सन् २००१ को ओस्कारमा अनौठो आउटफिट लगाएकी थिइन् । उनले सेतो रंगको स्वान गाउन लगाएकी थिइन् । उनको यो आउटफिटलाई मनोरञ्जन उद्योगको सबैभन्दा खराब फेसन भनिएको थियो ।

जेनेली मोनेइले सन् २०१९ को ‘मेट गाला’मा ‘क्याम्प नोट्स अन फेसन’ थिममा ‘ह्याट अन ह्याट’ लुक जारी गरेकी थिइन् । पिंक–व्हाइट र ब्ल्याक कलरको मिश्रण रहेको यो आउटफिटका साथ जेनेलीले आई शेप क्लचको प्रयोग गरेकी थिइन् ।

बलिउड अभिनेत्री प्रियंका चोपडाको फेसन पनि जहिल्यै चर्चामा आउँछ । ‘मेट गाला २०१९’मा प्रियंकाको लुक्सले निकै चर्चा पायो ।

उनले सिल्भर क्रिस–क्रस डिटेलिङवाला शियर बाडसि, स्कर्ट र ट्रेलिङ क्याप लगाएकी थिइन् ।

एजरा मिलरले पनि सन् २०१९ को ‘मेट गाला’मा डायमण्ड कोर्सेटवाला कालो स्ट्राप्इप्ड आउटफिट लगाएकी थिइन् । उनले यो पहिरनसँगै सात आँखावाला लुक्स लगाएकी थिइन् ।

अभिनेत्री दीपिका पादुकोणले ‘कान्स २०१९’मा यस्तै एउटा आउटफिट लगाएर उपस्थित जनाइन् । हरियो रंगको गाउनको तस्वीर सामाजिक सञ्जालमा आएपछि भाइरल भएको थियो ।

कार्डी बीले सन् २०१९ को ‘मेट गाला’मा मरुन कलरको ठूलो गाउन लगाएकी थिइन् । शिरदेखि पाउसम्म लगाएको उनको गाउनमा ३ मिलियन प्वाँखको प्रयोग गरिएको थियो ।

लेडी गागाले सन् २०१० मा ‘एमटीभी भिडियो म्यूजिक अवार्ड’मा वास्तविक गाईको मासुले बनाएको मीट ड्रेस लगाएकी थिइन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १ : ३० बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट