जो मोबाइल बोक्न रुचाउदैनन् | Khabarhub Khabarhub

जो मोबाइल बोक्न रुचाउदैनन्


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– आजको समयमा सामाजिक सञ्जाल र मोबाइल फोन अनिवार्य आवश्यकता भइसकेको छ । आम मानिससँगै फिल्म कलाकारहरु पनि एक समयका लागि भए पनि मोबाइलबाट अलग रहन सक्दैनन् ।

तर बलिउड र हलिउडका केही कलाकारहरु भने मोबाइल प्रयोग गर्नै रुचाउदैनन् । एबीपी न्यूजलाइभले यिनै सेलिब्रेटीका बारेमा समाचार तयार पारेको छ ।

गायक इडी शीरनले पछिल्लो समयमा आफूलाई समय बिताउन सजिलो होस् भनेर मोबाइल फोन बोक्न छोडेका छन् । उनी केवल इमेलमार्फत आफ्ना सम्पूर्ण काम पुरा गर्छन् ।

बोब बिश्वालको चरित्रबाट लोकप्रिय बनेका अभिनेता शाश्वत चर्ती भलै फिल्ममा फोनसँग जोडिन्छन् । तर वास्तविक जिन्दगीमा उनी मोबाइलबाट टाढा छन् । उनी केवल लेण्डलाइन फोन मात्र प्रयोग गर्छन् ।

अभिनेता एल्टन जोन सामाजिक सञ्जालमा सक्रिय छन् । तर उनीसँग मोबाइल फोन छैन ।

अभिनेता विन्स वन हलिउडका लोकप्रिय कलाकार हुन् । तर उनी आफू भने कुने पनि विद्युत्तीय उपकरण प्रयोग गर्दैनन् ।

हलिउडका पप गायक जस्टिन बीबर आफ्नो स्वरका कारण फ्यानमाझ लोकप्रिय छन् । उनी आफ्नो व्यक्तिगत जीवनलाई राम्रोसँग बिताउन आफूसँग मोबाइल बोक्दैनन् ।

हलिउड फिल्म ‘द फल्ट इन आवर स्टार्स’ स्टार शैलेन वुडलीको सामाजिक सञ्जालमा लाखौं फलोअर छन् । तर उनी आफू भने कुनै फोन बोक्दिनन् ।

हलिउड अभिनेता टम क्रुज पनि आफू कहिल्यै मोबाइल बोक्दैनन् । उनको टिमले नै उनको सबै कल डिटेल रुजु गर्छ ।

अभिनेता सिमोन कोल पनि आफूसँग मोबाइल राख्दैनन् । उनी साधारण जीवन बाँच्न चाहेरै उनले यो निर्णय लिएका हुन ।

अभिनेत्री सराहा जेसिका पारकर फेसन र अभिनयको दुनियाँमा चर्चित अभिेनत्री हुन् । आफ्नो अभिनयका कारण करोडौं फ्यान कमाएकी उनी आफू भने कुनै फोन प्रयोग गर्दिनन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ४ : १५ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न