जो मोबाइल बोक्न रुचाउदैनन् « Khabarhub

जो मोबाइल बोक्न रुचाउदैनन्


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– आजको समयमा सामाजिक सञ्जाल र मोबाइल फोन अनिवार्य आवश्यकता भइसकेको छ । आम मानिससँगै फिल्म कलाकारहरु पनि एक समयका लागि भए पनि मोबाइलबाट अलग रहन सक्दैनन् ।

तर बलिउड र हलिउडका केही कलाकारहरु भने मोबाइल प्रयोग गर्नै रुचाउदैनन् । एबीपी न्यूजलाइभले यिनै सेलिब्रेटीका बारेमा समाचार तयार पारेको छ ।

गायक इडी शीरनले पछिल्लो समयमा आफूलाई समय बिताउन सजिलो होस् भनेर मोबाइल फोन बोक्न छोडेका छन् । उनी केवल इमेलमार्फत आफ्ना सम्पूर्ण काम पुरा गर्छन् ।

बोब बिश्वालको चरित्रबाट लोकप्रिय बनेका अभिनेता शाश्वत चर्ती भलै फिल्ममा फोनसँग जोडिन्छन् । तर वास्तविक जिन्दगीमा उनी मोबाइलबाट टाढा छन् । उनी केवल लेण्डलाइन फोन मात्र प्रयोग गर्छन् ।

अभिनेता एल्टन जोन सामाजिक सञ्जालमा सक्रिय छन् । तर उनीसँग मोबाइल फोन छैन ।

अभिनेता विन्स वन हलिउडका लोकप्रिय कलाकार हुन् । तर उनी आफू भने कुने पनि विद्युत्तीय उपकरण प्रयोग गर्दैनन् ।

हलिउडका पप गायक जस्टिन बीबर आफ्नो स्वरका कारण फ्यानमाझ लोकप्रिय छन् । उनी आफ्नो व्यक्तिगत जीवनलाई राम्रोसँग बिताउन आफूसँग मोबाइल बोक्दैनन् ।

हलिउड फिल्म ‘द फल्ट इन आवर स्टार्स’ स्टार शैलेन वुडलीको सामाजिक सञ्जालमा लाखौं फलोअर छन् । तर उनी आफू भने कुनै फोन बोक्दिनन् ।

हलिउड अभिनेता टम क्रुज पनि आफू कहिल्यै मोबाइल बोक्दैनन् । उनको टिमले नै उनको सबै कल डिटेल रुजु गर्छ ।

अभिनेता सिमोन कोल पनि आफूसँग मोबाइल राख्दैनन् । उनी साधारण जीवन बाँच्न चाहेरै उनले यो निर्णय लिएका हुन ।

अभिनेत्री सराहा जेसिका पारकर फेसन र अभिनयको दुनियाँमा चर्चित अभिेनत्री हुन् । आफ्नो अभिनयका कारण करोडौं फ्यान कमाएकी उनी आफू भने कुनै फोन प्रयोग गर्दिनन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ४ : १५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग