काश्मीरको व‍िषयमा साउदी अरबको तटस्थ नीतिले पाकिस्तानलाई तनाब « Khabarhub

काश्मीरको व‍िषयमा साउदी अरबको तटस्थ नीतिले पाकिस्तानलाई तनाब


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली (एएनआई) – साउदी अरबले विवादित काश्मीर क्षेत्रको विषयमा तटस्थ रहँदा पाकिस्तान सँग थप दूरी बढ्ने विश्लेषण गरिएको छ ।

पछिल्लो समय भारतसँग सम्बन्ध सुधार भएको र पाकिस्तानसँग सम्बन्ध चिसिएको बेला काश्मीरको विषयमा साउदी अरब तटस्थ रहेको छ। साउदीको यो रणनीतिले पाकिस्तानलाई थप तनाब हुने विश्लेषण गरिएको छ ।

यसअघि काश्मीरको विषयमा पाकिस्तानको समर्थनमा उभिने साउदी अरब अहिले तटस्थ हँदा दुई देशबीच सम्बन्ध चिसिएको देखिएको भारतस्थित प्रबुद्ध समुह उसानस फाउन्डेसनका प्रमुख अभिनब पाण्डेले बताएका छन्।

सन् २०१४ मा भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी आएपछि साउदी अरबसँग सम्बन्ध विस्तारै सुधार भइरहेको छ । सन् २०१९ मा प्रधानमन्त्री मोदीले साउदी अरबको भ्रमण गरेपछि साउदी अरब काश्मीरको विषयमा तटस्थ रहँदै आएको छ भने सीमाक्षेत्रमा आतंकवादबारे भारतको समर्थन गर्दै आएको छ ।

जम्मू–काश्मीरस्थित राजनीतिक अवस्थालाई प्रधानमन्त्री मोदीले अस्वीकार गरेको विषयमा छलफल गर्न इस्लामिक सहकार्यको संगठन (ओआईसी) को बैठक बोलाउन पाकिस्तानको आग्रहलाई साउदी अरबले वास्ता नगरेपछि पाकिस्तान र साउदी अरबबीच सम्बन्ध चिसिएको हो ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ८ : ५३ बजे

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी