काश्मीरको व‍िषयमा साउदी अरबको तटस्थ नीतिले पाकिस्तानलाई तनाब | Khabarhub Khabarhub

काश्मीरको व‍िषयमा साउदी अरबको तटस्थ नीतिले पाकिस्तानलाई तनाब


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली (एएनआई) – साउदी अरबले विवादित काश्मीर क्षेत्रको विषयमा तटस्थ रहँदा पाकिस्तान सँग थप दूरी बढ्ने विश्लेषण गरिएको छ ।

पछिल्लो समय भारतसँग सम्बन्ध सुधार भएको र पाकिस्तानसँग सम्बन्ध चिसिएको बेला काश्मीरको विषयमा साउदी अरब तटस्थ रहेको छ। साउदीको यो रणनीतिले पाकिस्तानलाई थप तनाब हुने विश्लेषण गरिएको छ ।

यसअघि काश्मीरको विषयमा पाकिस्तानको समर्थनमा उभिने साउदी अरब अहिले तटस्थ हँदा दुई देशबीच सम्बन्ध चिसिएको देखिएको भारतस्थित प्रबुद्ध समुह उसानस फाउन्डेसनका प्रमुख अभिनब पाण्डेले बताएका छन्।

सन् २०१४ मा भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी आएपछि साउदी अरबसँग सम्बन्ध विस्तारै सुधार भइरहेको छ । सन् २०१९ मा प्रधानमन्त्री मोदीले साउदी अरबको भ्रमण गरेपछि साउदी अरब काश्मीरको विषयमा तटस्थ रहँदै आएको छ भने सीमाक्षेत्रमा आतंकवादबारे भारतको समर्थन गर्दै आएको छ ।

जम्मू–काश्मीरस्थित राजनीतिक अवस्थालाई प्रधानमन्त्री मोदीले अस्वीकार गरेको विषयमा छलफल गर्न इस्लामिक सहकार्यको संगठन (ओआईसी) को बैठक बोलाउन पाकिस्तानको आग्रहलाई साउदी अरबले वास्ता नगरेपछि पाकिस्तान र साउदी अरबबीच सम्बन्ध चिसिएको हो ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ८ : ५३ बजे

संसदका गतिविधि राजनीतिक हितमा छैनन् : माधव नेपाल

जनकपुरधाम– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदमा भइरहेकका गतिविधि

पर्यटक लोभ्याउँदै जापानको उड्ने कार 

काठमाडौं– जापानको टोकियोमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टर बाहिर

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल

जसपा नेपाल फुटविरुद्धको रिट न्यायाधीशद्वय ढुंगाना र मुसलमानको इजलासमा

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी