त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल र नेदरल्यान्ड्स खेल्दै « Khabarhub

त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल र नेदरल्यान्ड्स खेल्दै


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिकोणात्मक टी-२० सिरिज आज काठमाडौँमा शुरू हुँदैछ ।

नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिज डबल राउण्ड रोबिनका आधारमा हुनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

उद्घाटन खेलमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल टियु क्रिकेट मैदानमा दिउँसो १:१५ बजे शुरू हुनेछ ।

नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ । नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

प्रतियोगितमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काको अभाव खड्किने भएको छ । अभ्यासका क्रममा बल क्याच गर्दा घाइते भएसँगै उनले त्रिकोणात्मक सिरिज गुमाउने भएका हुन् । पारसलाई चिकित्सकले २ देखि ३ साता आराम र थेरापी गर्न सल्लाह दिएका छन्।

क्यानले पारसको स्थानमा ब्याट्सम्यान सन्दीप जोरालाई टिममा राख्दै १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी,करण केसी,सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख,आशिफ शेख,कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी,सुशन भारी,शाहब आलम रहेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ६ : २५ बजे

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका