आइपीएलमा चेन्नइको पहिलो जित  « Khabarhub

आइपीएलमा चेन्नइको पहिलो जित 


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइपील क्रिकेटमा चेन्नई सुपर किंग्सले पहिलो जित हात पारेको छ ।

शुक्रबार राति सम्पन्न खेलमा चेन्नईले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।

१ सय ७ रनको झिनो विजयी लक्ष्य पछ्याएको चेन्नईले १५. ४ ओभरमा ४ विकेट गुमाउँदै जित हासिल गर्‍यो ।

चेन्नईका फाफ डु प्लेसिस ३३ बलमा ३ चौका र १ छक्का सहित ३६ रनको योगदान दिए । मोईन अली ३१ बलमा ७ चौका र १ छक्कासहित ४६ रनको योगदान दिए ।

पन्जाबका मोहम्मद शामीले २ विकेट लिए । अर्शदीप सिंह र मुरुगन आश्विनले १-१ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बइमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो ।

पन्जाबका शाहरुख खानले ३६ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४७ रनको योगदान दिए । झेय रिचर्डसनले २२ बलमा २ चौका सहित १५ रन बनाए । क्रिस गेल र दीपक हुडाले १०/१० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाएनन् ।

चेन्नइका दीपक चाहरले ४ विकेट लिए ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ५ : ५५ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम