एक प्रेरक प्रसङ्ग ‘शुकदेवको दीक्षा’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘शुकदेवको दीक्षा’


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शुकदेवलाई उनका बुवाले महाराज जनककोमा गएर दीक्षा ग्रहण गर्न परामर्श दिए । बुवाको परामर्शअनुसार शुकदेव महाराज जनकको दरबारमा पुगे र दीक्षा प्रदान गर्न अनुरोध गरे ।

महाराज जनकले दीक्षा दिनुभन्दा अगाडि शुकदेवको परीक्षा लिँदै उनको हातमा दूधले भरिएको कचौरा दिए र भने— यो कचौरा हातमा लिएर मिथिला नगर घुमेर आउनू । तर ध्यान राख, कचौराबाट दूधको एक थोपा पनि झर्न नपाओस् ।

आज्ञाअनुसार शुकदेवले दूधको कचौरा होशियारपूर्वक समातेर मिथिला नगर घुमाएर आए । यो देखेर महाराज जनक एकदमै खुशी भए । उनले शुकदेवलाई सोधे— तिमीले मिथिला घुमेर आउँदा के के देख्यौ ?

शुकदेवले भने— महाराज, मैले मिथिला पूरै घुमेर आए पनि केही हेर्न सकिनँ । कसैगरी यो नपोखियोस् भनेर मेरो पूरा ध्यान दूधको कचौरामा थियो ।

महाराज जनकले भने— यही एकाग्रता योग हो । यसलाई जीवनभर सम्हालेर राख । यही मेरो दीक्षा हो ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

 

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ५ : २९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक