भिसा विना नेपाल छिर्न खोज्ने दुई चिनियाँ पक्राउ « Khabarhub

भिसा विना नेपाल छिर्न खोज्ने दुई चिनियाँ पक्राउ


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

झापा- भिसाबिना नेपाल छिर्न खोज्ने दुई चिनियाँ नागरिक नेपाल-भारत दशगजा क्षेत्रबाट पक्राउ परेका छन्।

झापाको नकलबन्दा प्रवेश गर्न लागेका दुई चिनियाँ नागरिकलाई दशगजा क्षेत्रबाट भारतीय एसएसबीले शुक्रवार दिउँसो पक्राउ गरेको हो।

उनीहरूलाई नेपाल प्रवेशका लागि सहजिकरण गरेको अभियोगमा एक भारतीय नागरिक पनि एसएसबीको नियन्त्रणमा छन् ।

चेन जिफ़ा, डिङ शोउ शेंग र भारतीय नागरिक मोहम्मद हनिफलाई  एसएसबीको ८औँ बटालियनको मुख्यालय कम्पनी बदामिनीराम जोतको टोलीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरूका साथबाट दुई हजार चार सय नेपाली रुपैयाँ, एक हजार भारतीय रुपैयाँ, ९० अमेरिकन डलर र ७४ एएफ ४२८३ नम्बरको एउटा मोटरसाइकल बरामद गरेको छ।

उनीहरूलाई नक्सालवारी प्रहरीको जिम्मा लगाइएको जनाइएको छ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ११ : १८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार