संसदले सरकारलाई काम गर्नै दिएन – प्रधानमन्त्री « Khabarhub

संसदले सरकारलाई काम गर्नै दिएन – प्रधानमन्त्री


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले काम गर्न नदिएको भन्दै सभामुखको आलोचना गरेका छन् ।

बालुवाटारमा जारी सर्वदलीय बैठकमा संसदले सरकारलाई काम गर्नै नदिएको र त्यसको प्रमुख भूमिका सभामुख अग्निप्रसाद सापकोटाले खेलिरहेको प्रधानमन्त्री ओलीले गुनासो गरेको बैठकमा सहभागी राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले जानकारी दिए ।

उनले भने, ‘संसदले काम गर्न दिएन । सभामुखले अराजक र अनैतिक काम गरेको भनेर प्रधानमन्त्रीले गुनासो गर्नुभयो ।’

त्यसको जवाफमा परिपक्क राजनीतिक नेतृत्व रहेकाले छलफल गरेर समस्या समाधान गर्न सुझाव दिएको उनले बताए ।

कोरोनाको दोस्रो चरण शुरु हुने क्रममा रहेको त्यसलाई कसरी निण्न्त्रण गर्ने भन्ने विषयमा समेत सर्वदलीय बैठकमा छलफल भएको अध्यक्ष लोहनीले जानकारी दिए । उनले भने,‘ कोभिडका बारेमा कसरी समाधान गर्ने भन्ने विषयमा समेत छलफल भयो ।’

आजको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित जसपाका अध्यक्षद्वय डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादव भने सहभागी भएका छैनन् ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १ : १३ बजे

रवि लामिछानेले दिए गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सर्वदलीय बैठक : संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौँ – सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई

‘ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको