अस्थिरता निम्त्याउनेहरूको प्रतिवाद गर्न उपप्रमको आग्रह « Khabarhub

अस्थिरता निम्त्याउनेहरूको प्रतिवाद गर्न उपप्रमको आग्रह


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक खिचातानी र सरकार ढाल्ने खेलले सरकारलाई काम गर्ने वातावरण नभएको बताएका छन् ।

हाँडीगाउँस्थित टुवालदेवी मन्दिर नजिकैको सत्तलको आज उद्घाटन गर्दै नेकपा (एमाले) का महासचिवसमेत रहेका उनले सरकार ढाल्ने खेल भइरहेकाले त्यसको खबरदारी र प्रतिवाद गर्न आह्वान गरे ।

कर्णाली प्रदेशमा एमालेकै सांसदले माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका प्रति लक्ष्य गर्दै पोखरेलले जालझेल गरेर सरकार ढाल्ने, अस्थिरता मच्चाउने र नयाँ बनाउने काम शुरु भए मुलुकका लागि दुर्भाग्य हुने बताए ।

उनले विकास निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

काठमाडौँ क्षेत्र नं ५ (क) का प्रदेश सभा सदस्य नारायण सिलवालले निर्माण सम्पन्न भएको सत्तल ऐतिहासिक र महत्वपूर्ण रहेको बताए ।

नेकपा (एमाले) काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले ऐतिहासिक सम्पदालाई जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

उक्त सत्तल सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबाट रु ४८ लाख ४७ हजार बजेट विनियोजन गरिएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  २ : १५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार