८ सय ४३ मा सङ्क्रमण, २ सय २६ निको | Khabarhub Khabarhub

८ सय ४३ मा सङ्क्रमण, २ सय २६ निको


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ हजार चार जनामा परीक्षण गराउँदा ८४३ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार भने ९०० जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएको सङ्क्रमतिसँगै नेपालमा अहिलेसम्म कूल दुई लाख ८३ हजार ६५८ जनामा सङ्क्रमण देखिएको छ ।

आज देखिएका सङ्क्रमणमा नौ वर्षसम्मका बालबालिका १७ जना र १० देखि १९ वर्ष उमेर समूहका बालबालिका ७२ रहेका छन् । यस्तै २० देखि २९ वर्ष उमेर समूहका युवा १७५ र ३० देखि ३९ वर्ष उमेर समूहका १८५ रहेका छन् ।

यस्तै आज २२६ जना सङ्क्रमण निको भई घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ७५ हजार ३८ जना निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ । यसैगरी सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म निधन हुनेको सङ्ख्या तीन हजार ७५ जना पुगेको बुलेटिनमा जनाइएको छ ।

यसैगरी सङ्क्रमितमध्येले १०० सघन उपचार कक्ष र ३८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । काठमाडौँ उपत्यकामा ३५ जना सघन उपचार कक्ष र २० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

प्रदेश नं १ र २ मा दुई÷दुई, वाग्मती प्रदेशमा ४६, गण्डकी प्रदेशमा आठ, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा दुई जना सघन उपचार कक्ष उपचार गराइरहेका छन् ।

यस्तै प्रदेश नं १ मा एक, वाग्मती प्रदेशमा २१, गण्डकी प्रदेशमा एक, लुम्बिनी प्रदेशमा १२ र सुदूपश्चिम प्रदेशमा तीन जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । होम आइसोलेशनमा पाँच हजार ४०१ र संस्थागत आइसोलेशनमा ५०७ रहेका छन् ।

सीमानाकामा ६४ मा सङ्क्रमण

यस्तै मन्त्रालयले नेपाल भारतका नौ सीमानाका ६२१ को एन्टिजेन परीक्षण गर्दा ६४ मा सङ्क्रमण देखिएको जनाएको छ ।

बेलहैया हेल्थ हेस्क रुपन्हेदीमा एक, गड्डाचौकी हेल्थ डेस्क कञ्चनपुरमा नौ, कृष्णनगर हेल्थ डेस्क कपिलवस्तुमा एक, रानी हेल्थ डेस्क मोरङमा छ र त्रिनगर हेल्थ डेस्क कञ्चनपुरमा ४७ मा सङ्क्रमण देखिएको छ । अहिलेसम्म तीन सीमानाकामा ६६५ मा सङ्क्रमण देखिएको जनाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ५ : २९ बजे

सिङ्गापुरको मुद्रास्फीति घट्दै, पहिलो छ महिनामा ०.९ प्रतिशतमा सीमित

सिंगापुर – सिंगापुरको तथ्यांक विभागका अनुसार, सिङ्गापुरको उपभोक्ता मूल्य सूचकांक

अभिनेत्री मनिषा कोइरालालाई बेलायतमा सम्मान

बेलायत – अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस

पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले)का स्थायी कमिटी सदस्य

आजका समाचार : एमालेले रोक्दैमा विद्या भण्डारी नरोकिने, जनार्दनले सिँगौरी खेलेको प्रचण्डको आरोप र जापान-अमेरिका व्यापारिक सम्झौता

ओलीलाई च्यासलमा स्टालिनसँग तुलना !नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र

नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्बभन्दा बढी बजेट

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चालु आर्थिक वर्ष